अ
+
अ
अ
-
काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि एमाले नेता प्रदीप ज्ञवालीले प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार अगाडि बढेको बताएका छन्।
उनले ‘चाहे जस्तो हुने छैन’ भन्दै प्रदर्शन र सार्वजनिक विरोधको संकेत पनि गरेका छन्।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो।
यसबारे छलफल गर्न एमालेले ८:३० बजे सचिवालय बैठक बोलाएको छ।