अ
+
अ
अ
-
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोलीले अन्तिम तयारी गरेको छ। पक्राउ गर्न उनको भक्तपुर गुण्डुस्थित निवास पुगेको टोलीले सहज तरिकाले गिरफ्तारी दिन अनुरोध गरिरहेको एक उच्च अधिकारीले जानकारी दिए।
उनले गिरफ्तारी दिन ओलीलाई सन्देश पठाइएको बताए।
अहिले ओली सुतिरहेकाले उनलाई पक्रन प्रहरीले पर्खिरहेको छ। कतिपय ओलीनिकट वकिलहरू पनि गुण्डु पुगेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र सीआईबीको टोली ओलीको निवासमा रातिदेखि नै तैनाथ छन्। त्यसैगरी बाक्लो संख्याका कार्यकर्ताहरू पनि ओली निवास वरिपरि पहरा दिइरहेका छन्।
भक्तपुर प्रहरी र अन्य प्रहरीको टोली पनि ड्रेसमा पुगेका छन्।
पक्राउ गर्न पुगेका एक प्रहरी अधिकारीले गिरफ्तारीका लागि सहयोग गर्न आग्रह गरिएको जानकारी दिए ।