बंगलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु

बंगलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु
+
-

बंगलादेश – बंगलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्।

प्रहरी निरीक्षक रसेल मोल्लालाई उदृत गर्दै एएनआईले दुर्घटना रातिको समयमा भएकाले उद्धार कार्य केही समयका लागि रोकियर उज्यालो भए पछि पुनः सुरु भएको जनाएको छ।

उनले अहिलेसम्म २३ जनाको शव बरामद गरेको उल्लेख गर्दै त्यहाँ अझै केही बेपत्ता हुन सक्ने बताएका छन्। राति उद्धार अभियान केही हदसम्म रोकियता पनि सेना ,अग्नि नियन्त्रण सेवा प्रहरीलगायतको समूहहरूले संयुक्त उद्धार अभियान चलाइरहेको उनले बताए।

करिब ४० जना यात्रु बोकेको बस राजबारीबाट ढाका जाँदै गर्दा ढाकाबाट १२८ किलोमिटर टाढा छदौलतदियाको “फेरी टर्मिनल” नम्बर –३ अगाडिबाट साँझ ५ः०० बजे पद्मा नदीमा खसेको जनाइएको छ।

ढाका ट्रिब्यूनका अनुसार बुधबार साँझ राजबारीको दौलतदिया नजिक पद्मा मदीको किनारमा पारिवारिक वियोगका कारण शोकाकुल आफन्तहरू भेला भएका थिए, उद्धार टोलीहरूले यात्रु बस र नदीमा खसेका मानिसहरूको खोजी गरिरहेको थियो। रासस/एएनआई

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?