जाँचबुझ आयोगसमक्ष प्रधानसेनापति सिग्देलको विरोधाभाषपूर्ण बयान

जाँचबुझ आयोगसमक्ष प्रधानसेनापति सिग्देलको विरोधाभाषपूर्ण बयान
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल। तस्बिरः प्रदीपराज वन्त/रासस
+
-
देशसञ्चार AI सारांश
  • प्रधानसेनापति अशोक सिग्देलले सिंहदरबार र अन्य महत्त्वपूर्ण संस्थाहरू आन्दोलनकारीहरूबाट जोगाउन सेनाले भूमिका खेलेकामा दाबी गरेका छन्।
  • भदौ २४ गते बिहानको स्थिति नियन्त्रणबाहिर जानुमा कर्फ्यू ढिलो लागू गरिएको र राजनीतिक असमझदारी थियो भन्ने सिग्देलको भनाइ छ।
  • संविधानको प्रावधान अनुरूप मात्र सेना परिचालित हुने र सेनाले मानवीय सुरक्षालाई प्राथमिकता दिएको सिग्देलले जनाए।

काठमाडौँ – प्रधानसेनापति अशोक सिग्देलले भदौ २४ गते राज्यका महत्वपूर्ण निकायहरु आन्दोलनकारीबाट सेनाले जोगाएको दाबी गरेका छन्।

भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोग समक्षको बयानमा सिग्देलले महत्वपूर्ण निकाय जोगाउन सेनाले भूमिका खेलेको दाबी गरेका हुन्। सिंहदरबार, राष्ट्रपति भवन शितल निवास, आफ्नै जंगीअड्डा अगाडि भएको सर्वोच्च अदालत जल्दा सेना मुकर्दशक बनेको दाबी छ।

सेनाले चाहेको भए ती निकाय आगोबाट जल्न रोकिने प्रत्यक्षदर्शीहरु बताउँछन्। तर सेनापतिले आन्दोलनकारीबाट जोगाउन प्रयास गरेको, हवाइ फायर गरेको जिकिर देश सञ्चारले प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ। कार्की आयोगको ९ सय ७ पृष्ठको  प्रतिवेदनबारे सबैभन्दा पहिले जनआस्थाले लेखेको थियो।

सिग्देलले बयानमा भनेका छन्, ‘सिंहदरबार र राष्ट्रपति कार्यालय परिसरबाहिर जम्मा भएका उत्तेजित भीडलाई मौलिक चेतावनी, करिब ४६ राउन्डभन्दा बढी हवाई फायर र मूल गेटबाट पटकपटक भौतिक रूपमा धकेली सम्झाइबुझाइ गरी बाहिर पठाइएको थियो।’

उनले आफूले भदौ २४ बिहान ५ बजेदेखि नै कर्फ्यू लगाउन आग्रह गरे पनि नमानेका कारण परिस्थिति नियन्त्रण बाहिर गएको बताएका छन्। ‘भदौ २४ गते बिहान ०५ः०० बजेदेखि कर्फ्यू लगाउन नेपाली सेनाले सुझाव दिएको भए पनि काठमाडौमा बिहान ०८ः३० बजेबाट मात्र कर्फ्यू घोषणा भयो, जतिवेला प्रदर्शनकारीहरूको उल्लेख्य उपस्थिति भइसकेकोले उक्त कर्फ्यू प्रभावकारी हुन सकेन’, सिग्देलले भनेका छन्।

त्यस्तै सिग्देलको बयानमा विरोधाभाषपूर्ण कुरा गरेका छन्।

उनले सेनाको परिचालन औपचारिक निर्णयअनुसार हुने भएकाले परिचालन हुन नसकेको बताएका छन् भने भदौ २४ गते रातिदेखि विज्ञप्तिमार्फत परिचालन भएको उल्लेख गरेका छन्। त्यसभन्दा अघि परिचालन हुन नमिलेको बताएका सिग्देलले राति १० बजेपछि कुन औपचारिक निर्णयका आधारमा सेना परिचालन भयो भन्ने कुरा उल्लेख गरेका छैनन्।

जेनजी आन्दोलनकारीलाई सहयोग गरेको आरोप लागेका सिग्देलले भनेका छन्, ‘नेपाली सेना स्पष्ट कार्यादेश र संवैधानिक प्रावधानविना परिचालित हुँदैन भन्ने विषयमा सबै स्पष्ट हुनु आवश्यक छ। नेपालको संविधानको धारा २६६ (१), २६७ (६) र २७३ बमोजिम मात्र सेना परिचालन हुन सक्ने संवैधानिक व्यवस्था रहेको छ।’

सँगै उनले राति १० बजेदेखि परिचालन भएको तर त्यसको उनैले माथि भनेजस्तो निर्णयको आधार बताएका छैनन्।

‘प्रधानमन्त्रीले राजीनामा दिएपछि सुरक्षा अवस्था झन अराजक बन्दै गयो र नेपाली सेनाले क्रमशः विज्ञप्ति जारी गर्दै अपिल गन्यो तथा राति २२ः०० बजेदेखि पूर्ण रूपमा तैनाथ भई शान्तिसुव्यवस्था बहाल गर्न सक्रिय भूमिका निर्वाह गन्यो,’ सिग्देलले भनेका छन्।

यस्तो छ सिग्देलले आयोग समक्ष दिएको बयानः

म २०४३ साल फागुन ३ गते नेपाली सेनामा प्रवेश गरी २०८१ भदौ २४ गतेदेखि प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएको छु। राष्ट्रिय सुरक्षा परिषद्को सदस्यको हैसियतमा भदौ २३ र २४, २०८२ मा जियनजेड युवा पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा उत्पन्न जटिल र विषम परिस्थितिमा मैले संविधान र कानूनको मर्मअनुसार आफ्नो दायित्व निर्वाह गरेको छु ।

भदौ २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सुरक्षा निकायबाट आन्दोलन व्यापक हुन सक्ने जानकारी प्राप्त भएको थियो।

तथापि सो मितिसम्म राष्ट्रिय सुरक्षा परिषद्को औपचारिक बैठक नबसेकाले विशेष रणनीतिक छलफल हुन सकेको थिएन। भदौ २३ गते संसद भवन क्षेत्रको सुरक्षा अवस्था जटिल बन्दै गएपछि अघिल्लो निर्णयअनुसार अन्य सुरक्षा निकायसँग समन्वय गर्दै वावश्यक सुरक्षा तयारी गर्न निर्देशन दिएको थिएँर स्थानीय प्रशासनको अनुरोधमा कफ्र्यु कार्यान्वयनका लागि तयार रहन मातहतलाई सचेत गराएको थिएँ। उक्त दिन नेपाली सेना परिचालन नभएको र गृह मन्त्रालयको नेतृत्वमा सुरक्षा व्यवस्था कार्यान्वयन भएको थिये।

भदौ २३ गते बन्दाजी २०ः०० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को ३९ औँ बैठक बस्यो। नेपाली सेना स्वतः सडकमा उत्रने संस्था होइनः संवैधानिक तथा कानूनी प्रक्रिया पूरा भई नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिको निर्णयबाट मात्र परिचालन हुने व्यवस्था रहेको छ। बैठक बस्दासम्म गृहमन्त्रीको राजीनामा भइसकेको, बन्द गरिएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाइ सकिएको र आन्दोलनकारीका माग सम्बोधन हुने आँकलन गरिएको बक्स्यामा २४ गते विषम परिस्थिति उत्पन्न हुन सक्ने ठोस अनुमान नगरिएको हुँदा सेना परिचालनबारे कुनै निर्णय वा छलफल भएन।

भदौ २४ गते बिहान प्रधानमन्त्री निवासमा भएको छलफलमा प्रधानमन्त्रीले मसँग सुझाव माग्नुभयो। मैले दुई विकल्प प्रस्तुत गरे पहिलो, उहाँकै राजनीतिक दलका केही बरिष्ठ पदाधिकारीले राजीनामा दिन सुझाव दिइरहेको बुझिएको हुँदा थप मानवीय क्षति रोक्न राजनीतिक समाधानतर्फ जान राजीनामा उपयुक्त हुन सक्नेः

दोस्रो, संवैधानिक रूपमा सिफारिस भएमा नेपाली सेना परिस्थिति नियन्त्रणका लागि पूर्ण रूपमा तयार रहेको। तर प्रधानमन्त्रीले राजीनामा दिएपछि सुरक्षा अवस्था झन अराजक बन्दै गयो र नेपाली सेनाले क्रमशः विज्ञप्ति जारी गर्दै अपिल गन्यो तथा राति २२ः०० बजेदेखि पूर्ण रूपमा तैनाथ भई शान्ति(सुव्यवस्था बहाल गर्न सक्रिय भूमिका निर्वाह गन्यो।

सुरक्षा निकायहरुबीच समन्वयको अभाव रहेको आरोपलाई म अस्वीकार गर्दछु। तीनै सुरक्षा निकायका प्रमुखहरू निरन्तर सम्पर्क र संयुक्त छलफत्तमा थियौँ, र जोखिमपूर्ण अवस्थामा समेत नेपाली सेनाले अन्य सुरक्षा निकायका सदस्यहरूको सुरक्षा तथा उद्धार गरेको छ।

सिंहदरवार, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, विभुवन अन्तर्राष्ट्रिय विमानस्थल, इन्धन डिपो, कारागार तथा अन्य संवेदनशील संरचनाहरू जोगाउन नेपाली सेनाले अग्रसर भूमिका खेलेको छ, जहाँ मानवीय क्षति न्यून राख अत्यन्त संयमता अपनाइएको थियो। नेपाली सेना स्पष्ट कायादेश र संवैधानिक प्रावधानविना परिचालित हुँदैन भन्ने विषयमा सबै स्पष्ट हुन आवश्यक छ। नेपालको संविधानको धारा २६६ (१) २६७ (६) र २७३ (१) बमोजिम मात्र सेना परिचालन हुन सक्ने संवैधानिक व्यवस्था रहेको छ।

भदौं २४ गते नेपाली सेनालाई सहयोगका लागि अनुरोध गर्दा समयमा सम्बोधन नभएको भन्ने गुनासो सुत्रमा आएको भए पनि त्यो यथार्थ होइन। नेपाली सेनाले दमकल प्रयोग गरी सिंहदरबारस्थित राष्ट्रिय डाटा सेन्टर तथा अर्थ मन्त्रालयको डाटा सेन्टरमा लागेको आगलागी नियन्त्रण गरेको हो।

साथै राष्ट्रपति निवास, प्रधानमन्त्री निवासका मुख्य संरचना, त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल तथा देशभरका विमानस्थल, इन्धन डिपो, कारागार लगायतका Vital Installation हरू नेपाली सेनाको पहलमा जोगाइएको हो।

सिंहदरबार र राष्ट्रपति कार्यालय परिसरबाहिर जम्मा भएका उत्तेजित भीडलाई मौलिक चेतावनी, करिब ४६ राउन्डभन्दा कही हवाई फायर र मूल गेटबाट पटक(पटक भौतिक रूपमा धकेली सम्झाइबुझाइ गरी बाहिर पठाइएको थियो।

भदौ २४ गते बिहान ०५ः०० बजेदेखि कफ्र्यू लगाउन नेपाली सेनाले सुझाव दिएको भए पनि काठमाडौमा बिहान ०८ः३० बजेबाट मात्र कफ्र्यू घोषणा भयो, जतिवेला प्रदर्शनकारीहरूको उल्लेख्य उपस्थिति भइसकेकोले उक्त कफ्र्यू प्रभावकारी हुन सकेन ।

मैले भौतिक संरचनाभन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकता दिएको छु। सेना परिचालनसम्बन्धी आलोचनालाई तत्कालीन संवैधानिक बाध्यता र परिस्थितिसापेक्ष मूल्याङ्कनका आधारमा हेर्नुपर्छ भन्ने मेरो धारणा छ। तुटिएका हतियार तथा फरार कैदी बन्दी फिर्ता ल्याउन संयुक्त अपरेशन सञ्जालन गरिएको, हतियार फिर्ता जुझ्झाउन सार्वजनिक आग्रह गरिएको र समन्वयात्मक सुरक्षा संयन्य सक्रिय राखिएको थियो।

अन्त्यमा, भविष्यमा यस्ता घटना दोहोरिन नदिन राज्यका प्रशासनिक तथा सुरक्षा संयन्त्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी कानूनी आधारमा सुदृढ र प्रभावकारी बनाउनुपर्ने, राष्ट्रिय सुरक्षा परिषद्लाई अन सक्रिय र जिम्मेवार बनाउनुपर्ने तथा सुरक्षा निकायहरूबीच गहिरो समन्वय र दीर्घकालीन संरचनागत सुधार आवश्यक रहेको मेरो निष्कर्ष रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?