अ
+
अ
अ
-
विराटनगर– विराटनगरमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा आमाछोरा घाइते भएका छन्।
विराटनगर–१४ जतुवास्थित खाना पकाइरहेको समयमा सिलिण्डर पड्किँदा ४२ वर्षीया निर्मला खत्री र उनका १९ वर्षीय छोरा धीरज खत्री घाइते हुन्।
मोरङ प्रहरीका अनुसार घाइते निर्मलाको अनुहार, हातसहित शरीरका अन्य ठाउँमा पनि चोट लागेको छ। धीरजलाई भने कम चोट लागेको प्रहरीले बताएको छ। दुवैको अवस्था सामान्य रहेको छ।
दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।