द्वन्द्वको पूर्ण समाधानका लागि अमेरिका-इरान वार्ता भएको ट्रम्पको दाबी, इरानले भन्यो- ‘भ्रामक समाचार’

द्वन्द्वको पूर्ण समाधानका लागि अमेरिका-इरान वार्ता भएको ट्रम्पको दाबी, इरानले भन्यो- ‘भ्रामक समाचार’
+
-
देशसञ्चार AI सारांश
  • अमेरिकी र इरानबीचको वार्ता सकारात्मक हुने जनाउँदै ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण ५ दिन स्थगित गरेका छन्।
  • अमेरिकी दाबीपछि कच्चा तेल र ग्यासको मूल्यमा अचानक गिरावट आएको छ भने इरानले वार्ता खबर अस्वीकार गरेको छ।
  • ट्रम्पले इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ खोल्न ४८ घण्टाको अल्टिमेटम दिएर बेलायतसँग सहमति जनाएका छन्।

वासिङ्टन डीसी-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी युद्धको ‘पूर्ण र समग्र समाधान’ का लागि अमेरिका र इरानबीच वार्ता भएको दाबी गरेका छन्। यस वार्ताको सकारात्मक परिणाम स्वरूप, इरानी पावर प्लान्टहरूमा गर्ने भनिएको पूर्वनिर्धारित आक्रमणलाई ट्रम्पले ५ दिनका लागि स्थगित गरेका छन्।

अमेरिकी घोषणा लगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्यमा ह्वात्तै गिरावट आएको छ।

राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकी पक्षबाट स्टेभ विट्कफ र जेरेड कुश्नरले वार्ताको प्रतिनिधित्व गरेका थिए। ट्रम्पले भने, ‘यदि यो स्थगन योजना सफल भयो भने हामी यो मुद्दा सधैँका लागि सुल्झाउनेछौँ, अन्यथा हामीले फेरि बमबारी सुरु गर्नुपर्नेछ।’

यद्यपि, इरानले भने वार्ताको खबरलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। इरानी संसदका सभामुखले अमेरिकासँग कुनै वार्ता नभएको बताउँदै, तेल बजारमा चलखेल गर्नका लागि अमेरिकाले ‘भ्रामक समाचार’ फैलाएको आरोप लगाएका छन्।

यसअघि शनिबार राति ट्रम्पले इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्नका लागि ४८ घण्टाको अल्टिमेटम दिएका थिए। उक्त समयसीमा भित्र बाटो नखोले इरानी पावर प्लान्टहरू ध्वस्त पारिदिने चेतावनी उनले दिएका थिए।

यसैबीच, बेलायती प्रधानमन्त्री कीर स्टार्मर र ट्रम्पबीच आइतबार राति भएको टेलिफोन वार्तामा पनि ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्नु विश्वव्यापी ढुवानीका लागि अत्यावश्यक रहेकोमा सहमति भएको डाउनिङ स्ट्रिटले जनाएको छ।

(बिबिसीमा आधारित)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?