झापाको गौरादहमा चट्याङ परेर आगलागी, साढे दुई लाख बराबरको क्षति

झापाको गौरादहमा चट्याङ परेर आगलागी, साढे दुई लाख बराबरको क्षति
+
-
देशसञ्चार AI सारांश
  • झापाको गौरादह नगरपालिकामा चट्याङसहितको आगलागीले एक स्थानीयको घर र गोठ पूर्ण रूपमा नष्ट गर्यो।
  • आगलागीबाट ६ वटा चौपायाको मृत्यु र करिब २ लाख ५० हजार रुपैयाँको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
  • गौरादह नगरपालिकाको दमकल, स्थानीय प्रहरी र छिमेकीहरूको सहायतामा आगो मात्र १:०० बजे नियन्त्रणमा आयो।

झापा- झापाको गौरादह नगरपालिकामा चट्याङसहित भएको आगलागीबाट एक स्थानीयको घर र गोठ जलेर नष्ट भएको छ। बिहीबार राति परेको चट्याङका कारण गौरादह- ६ धोपा टोल बस्ने ५० वर्षीय अजय कुमार झाको घरमा क्षति पुगेको हो।

गएराति करिब ११:३० बजेको समयमा हावाहुरी र अविरल वर्षासँगै परेको चट्याङ झाले प्रयोग गर्दै आएको टिनको छानो र बाँसको बेरा भएको एकतले भान्साघर तथा गोठमा खसेको थियो।

चट्याङबाट सुरु भएको आगोले भान्साघर र गोठ पूर्ण रूपमा नष्ट गरेको छ। सोही आगलागीमा परी गोठमा रहेका २ वटा माउ बाख्रा र ४ वटा पाठा गरी ६ वटा चौपायाको जलेर मृत्यु भएको छ।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार चौपाया र अन्नपातसहित गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

घटनाको जानकारी पाएलगत्तै गौरादह नगरपालिकाको दमकल, स्थानीय प्रहरी र छिमेकीहरूको सक्रियतामा आगो निभाउने कार्य सुरु गरिएको थियो।

सबैको सामूहिक प्रयासपछि बिहानको राति १:०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

समयमै आगो नियन्त्रण भएकाले थप छिमेकी बस्तीमा क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?