हुम्ला – कक्षा एघार बाह्रमा अध्ययनरत विद्यार्थीका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ। बित्तीय कारोवारबारे विद्यार्थीलाई जानकारी दिन सिटिजन्स बैंकको सिमकोट शाखाले यस्ताे शिक्षा प्रदान गरेको हो।
बैंङ्क तथा बित्तीय शिक्षाको जानकारी गराउन सिमकोट गाउँपालिका– ६ को मानसरोवर नमूना माध्यमिक विद्यालयको कक्षा एघार र बाह्रमा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता शिक्षा दिएकाे सिटिजन्स बैंक सिमकोट शाखाका प्रमुख हेमराज हमालले जानकारी दिए।
यसमा बैङ्क खाता सञ्चालनदेखि यसको फाईदा, उपलब्धि, डिम्या खाता, नक्कली नोटबारे पनि जानकारी गराइएको उनले बताए। त्यसैगरि बचत, ऋण लगानीका वारेमा पनि छलफल भएको थियो । त्यसैगरि बैकिंङ कसुरु र सजायका बारेमा पनि छलफल भएको थियो । खातामा गरिने हस्ताक्षर, ग्राहकको गोपनियता, बैंङ्क खातामा जम्मा हुने रकमको श्रोतको पहिचानका बारेमा पनि जानकारी गरिएको थियो।
दुवै कक्षा गरेर चालीस जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा सबै विधार्थीहरुले बैंङ्कमा खाता खोल्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । स्मार्ट मनी टक नाराका साथ ग्लोबल मनी प्ताह मनाउने क्रममा यो कक्षा सञ्चालन गरिएको हो ।