अर्ली इलेक्सनमा मोरङलाई मताधिकारबाट वन्चित गरिँदै

अर्ली इलेक्सनमा मोरङलाई मताधिकारबाट वन्चित गरिँदै
+
-
देशसञ्चार AI सारांश
  • नेपाली फुटबलको विवादित अवस्थामा मोरङ जिल्ला आउँदो निर्वाचनको ‘भोटिङ राइट्स’बाट बाहिरिन पुगेको छ।
  • मोरङबाट अध्यक्ष संजीव बुढाथोकी र केन्द्रीय सदस्य दीपेन्द्र धिमालले उम्मेदवारी दर्ता गरिसकेका छन्।
  • राष्ट्रिय खेलकुद परिषदले निर्वाचन नगर्न निर्देशन दिंदा पनि कोशी प्रदेशमा निर्वाचनको तयारी जारी छ।

मोरङ- अर्ली इलेक्सनको मिति नजिकिँदै गर्दा नेपाली फुटबल थप विवादको घेरामा फस्दै गएको छ। झापामा चैत्र १३ गते हुने भनिएको निर्वाचनलाई लिएर कोशी प्रदेशमा समेत त्यसको प्रभाव देखिएको छ।

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाका लागि कोशी प्रदेश अहम रहेको छ। चाहे खेलाडी उत्पादन होस या मतदाता चयन। तर, आउँदो निर्वाचनका लागि पहिलोपटक मोरङ जिल्ला मताधिकारको पक्षबाट कित्ता बाहिर हुने भएको छ।

कोशी प्रदेशको १४ जिल्लामध्ये ११ जिल्ला संघ आवद्ध रहेकाछन्। प्रदेशबाट १० ‘भोटिङ राइटस्’ रहन्छ। यसक्रममा मोरङ पहिलोपटक ‘भोटिङ राइट्स’ बाहिर परेको हो।

यसअघि, एन्फाको प्रत्येक निर्वाचनमा मोरङ अहम स्थानमा रहदै आएको छ। यतिबेला भने आपसीतालमेल मिलाउन नसक्दा मोरङ पछाडि परेको हो। अघिल्लो निर्वाचनमा ११ जिल्लाभित्रै सहमतिमा खोटाङ जिल्लाले भोटिङ राइट्स छाडेको थियो। यद्धपि, यसपटकपनि अन्य जिल्लाको सहमतिमा मोरङ बाहिरिएको छ।

राष्ट्रिय खेलकुद परिषदले निर्वाचन नगर्न नगराउन संघलाई निर्देशन दिइसकेको छ। यद्धपि, निर्वाचनको तयारीमा रहेको संघ भने विभिन्न विवादको घेरामा रुमलिदै आएको छ। सोही क्रममा यसपटक निर्वाचनका लागि मोरङबाट दुई जनाले केन्द्रीय सदस्यमा दावेदारी गरेकाछन्। जिल्लाबाट अध्यक्षको भोटिङ राइट्स रहने हुँदा वर्तमान अध्यक्ष तथा पूर्वराष्ट्रिय खेलाडी संजीव बुढाथोकी नै उम्मेदवार रहेका छन्।

त्यसैगरि, मोरङबाट हालका केन्द्रीय सदस्य दीपेन्द्र धिमालले पनि दोहराउने उद्धेश्यसहित सदस्यमा मनोनयन दर्ता गरिसकेकाछन्। यसैका कारणपनि मोरङले ‘भोटिङ राइट्स’ गुमाएको एक पदाधिकारी बताउँछन्।

उनका अनुसार खेलाडी संघको नजिक मानिएका कारण अध्यक्ष बुढाथोकीलाई ‘भोटिङ राइट्स’ बाहिर राखिएको उनको भनाई छ। आफू अनुकुल ब्यक्ति मतदाताका रुपमा नदेखिएपछि उनलाई बाहिरि गरिएको ती सदस्यले बताएका छन्।

यस विषयमा संघका अध्यक्ष बुढाथोकी भन्छन्, ‘फुटबलले परिवर्तन खोजेको छ। हामीले उम्मेदवारी दिइरहँदा धेरै समस्या नहुने हो। तर, केन्द्रीय पदाधिकारीले नै विषयलाई मिलाउन नसक्दा अहिलेको अवस्था आएको हो।’

उनको उम्मेदवारीलाई लिएर एकपक्षले भने मताधिकार नभएका उम्मेदवारलाई कस्ले मत दिने भन्ने तर्क अघि सारिरहेकाछन्। त्यसैगरि, अर्कोतर्फ उम्मेदवारी दिएका धिमालपनि जिल्ला अध्यक्षलाई एकपटक आफूलाई सहयोग गर्न आग्रह गरेको बताउँछन्। यसअघिका निर्वाचनमा सबैलाई मिलाएर सहयोगसहित जाने गरेको बताएका धिमालले निर्वाचनपछि फुटबलले निकास पाउने विश्वास लिएको बताए।

त्यसैगरी, जिल्ला फुटबल संघ सुनसरीका अध्यक्ष नविन राईले निर्वाचनका लागि सबैले सहयोग गरि अघि बढ्नुपर्ने बताउँछन्। पछिल्लोसमय फुटबल क्षेत्रमा देखिएको अस्थिरतालाई निर्वाचनले नै समाधान दिने बताएका अध्यक्ष राईले भने, ‘हामी विवादको घेरामा पर्दै आएकाछौ। अझै फुटलबमा कति असन्तुलित राजनीति गर्ने हो। फुटबल कहाँ पुगिसक्यो। सधै यस्तै अवस्थामा बसिरहने हो र रु बरु अब एन्फा विधान अनुसार नै निर्वाचनमा जानुपर्छ। यसले नै निकास दिनेछ। निर्वाचनपछि आउने टोलीले फुटबललाई थप विकसित बनाउनेछ, यो हाम्रो बुझाई र विश्वास हो।’

फुटबलमा चरम गुटबन्दी गर्दै कार्यसमितिलाई काम गर्ने वातावरण नदिइएको बताएका राईका अनुसार फुटबलको विकास र उत्थानका लागि निर्वाचन सबैभन्दा उपयुक्त कडी हो। निर्वाचनले फुटबललाई निकास दिने उनको भनाई छ।

चैत्र १३ गते हुने निर्वाचनका लागि कोशी प्रदेशको ११ जिल्लामध्ये १० जिल्लाबाट समान एक जना मतदाता रहन्छन्। त्यसैगरि, अन्य एक जना भने निर्वाचनमा मतदाताको साथ निर्वाचनमा सहभागि हुनेछन्। प्रदेशका ओखलढुंगा, तेह्रथुम र सोलुखुम्ब जिल्ला एन्फा आवद्ध छैनन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?