- सिमकोटको खानेपानी समस्या समाधान गर्न हालको उपभोक्ता समिति बिघटन र पाइपलाइन मर्मत गर्ने निर्णय भएको छ।
- खानेपानी वितरण १० दिनमै सुधार गर्न र नयाँ समिति गठन गर्न सिमकोटमा सर्वपक्षीय बैठकले निर्णय लिएको छ।
- पच्चीस वर्ष पुरानो खानेपानी योजना अव्यवस्थित भएपछि हेक्पा खोलाबाट नयाँ व्यवस्थापन गर्न सहमति गरिएको छ।
हुम्ला – हाल देखिएको सदरमुकाम सिमकोटको खानेपानी समस्या समधान गर्न वर्तमान उपभोक्ता समिति बिघटनदेखि पाईपलाईन मर्मतसम्मका कार्यहरु गरिने भएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयमा वसेको सर्वपक्षीय बैठकले तत्काल देखिएको खानेपानी समस्या समधान गर्न सो कदम चाल्ने निर्णय गरेको हो।
सिमकोट गाउँपालिका र खानेपानी तथा उर्जा बिकास कार्यालयको लगानीमा हालको खानेपानी न्यायोचित किसिमले बितरण गर्न तत्काल सवैतिरका पाईपलाईनहरु मर्मत गर्ने र दश दिनमा समान किसिमले खानेपानी बितरणको ब्यवस्था गरिने, वर्तमान खानेपानी उपभोक्ता समितिलाई बिघटन गरि सिमकोट गाउँपालिका– ४, ५, ६ र ७ नम्बर वडाको प्रतिनिधित्व हुने गरि समितिलाई बिघटन गर्ने र हेक्पा खोलाबाट खानेपानी आर्पुती गर्दै आएको बृहत खानेपानीलाई चाँडो नयाँ समितिलाई हस्तान्तरण गरेर खानेपानीको ब्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए।
सिमकोटलाई खानेपानी आर्पुती गर्दै आएको उपभोक्ता समिति सकृय नभएकोले त्ससलाई पूनरगठन गर्न लागिएको हो। अर्को कुरा हालको खानेपानी योजना पच्चीस वर्ष पुरानो भएको र पानीको श्रोत पनि कमी भएको निष्कर्ष निकालिएको थियो।
वैठकमा जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा, उपप्रमुख दलु फडेरा, सिमकोट गाउँपाकिला अध्यक्ष बिजय भण्डारी, सुरक्षा निकाय प्रमुख, खानेपानी तथा उर्जा बिकास कार्यालय लगाएतको उपस्थिती रहेको थियो।