अनिल मीन ट्रफीमा मोरङको सुखद सुरुवात, सुनसरी ५९ रनले पराजित

अनिल मीन ट्रफीमा मोरङको सुखद सुरुवात, सुनसरी ५९ रनले पराजित
+
-

माेरङ – विराटनगरमा सुरु भएको अनिल मीन ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगितामा मोरङले सुखद सुरुवात गरेको छ।

बिहीबारबाट सुरु प्रतियोगितामा सुनसरीलाई ५९ रनले पराजित गर्दै मोरङको टोली सुखद सुरुवात गरेको हो। विराटनगरको मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको मोरङले २७ दशमलव ३ ओभरमा अलआउट हुदैं १ सय १४ रनको योगफल बनाएको थियो।

एकदिवसीय क्रिकेटमा समान्य योगफल जोडेको मोरङका लागि प्रतिक पोखरेलले ३२ रन बनाएका थिए। खराब सुरुवात गरेको मोरङका लागि ब्याटिङ गर्न पोखरेल आठौं नम्बरमा क्रिज पसेका थिए। अर्कोतर्फ, सुनसरीका लागि कविराज खत्रीले ९ दशमलव ३ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए।

लक्ष्य पछ्याएको सुनसरीको टोली १९ दशमलव ४ ओभरमा ५५ रनमा समेटिएको थियो। सुनसरीलाई सस्तैमा समेट्ने क्रममा मोरङका कृष शर्माले ७ दशमलव ४ ओभरमा १७ रन खर्चेर ५ विकेट हात पारे। त्यसैगरि, कृतिक कामतले ४ विकेट लिएका थिए। पराजित सुनसरीका लागि रोशन खत्रीले १७ रन बनाए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?