अ
+
अ
अ
-
मुगु – प्रधानमन्त्री शुशिला कार्कीले विश्वप्रसिद्ध रारा तालको अवलोकन गर्न आज मुगु भ्रमण गरेकी छन्। भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सुरक्षा निकायका प्रमुखहरूलाई धन्यवाद व्यक्त गरिन्। उनले कठिन भौगोलिक अवस्था हुँदाहुँदै पनि सुरक्षा निकायले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको बताईन ।

प्रधानमन्त्री कार्कीले रारा तालको प्राकृतिक सौन्दर्य अवलोकन गर्दै यसको संरक्षण र पर्यटन प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्। उनले रारा क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनु पर्ने धारणा राखिन्।
रारा भ्रमणपछि प्रधानमन्त्री कार्की आजै हेलिकोप्टरमार्फत जुम्ला प्रस्थान गरेकी छन्।