पिएम कपको लागि कोशी प्रदेशको क्रिकेट टोलीको घोषणा, अंकितको स्थानमा सुजनलाई कप्तानीको जिम्मेवारी

पिएम कपको लागि कोशी प्रदेशको क्रिकेट टोलीको घोषणा, अंकितको स्थानमा सुजनलाई कप्तानीको जिम्मेवारी
+
-
देशसञ्चार AI सारांश
  • १५ खेलाडी र अन्य सदस्यसहित १८ सदस्यीय टोलीको घोषणा, पाँच जिल्लाबाट खेलाडी छनोट गरिए।
  • झापाका सुजन थपलियालाई कप्तान नियुक्त गरी अंकित सुवेदीलाई विश्राम दिइएको छ।
  • प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी हुने, उपाधि बैशाख ४ गते वीरगञ्जमा हुनेछ।

माेरङ – आउदो शनिबारबाट (चैत्र ७ गते) सुरु हुने प्रधानमन्त्री कप क्रिकेटका लागि कोशी प्रदेशको टोलीको घोषणा गरिएको छ।

कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीत पाण्डेका अनुसार बुधबार १५ खेलाडी, प्रशिक्षक, टोली ब्यवस्थापक र फिजियोसहित १८ सदस्यीय टोलीको घोषणा भएको हो।

उनका अनुसार प्रदेशका पाँच जिल्ला इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरबाट खेलाडी चयन भएकाछन् । यस प्रतियोगिताका लागि अंकित सुवेदीलाई कप्तानीबाट विश्राम दिदैं झापाका सुजन थपलियालाई कप्तानीको जिम्मेवारी दिइएको उनले बताए।

झापाबाट ६, मोरंगबाट ४, उदयपुरबाट ३, सुनसरी र इलामबाट समान १ जना खेलाडीले टोलीमा सहभागिता जनाउने बताएका अध्यक्ष पाण्डेले थपलियाको कप्तानीमा टोलीले सुखद नतिजा दिने अपेक्षा गरेका छन्।

प्रतियोगिताका लागि प्रशिक्षकको जिम्मेवारी राजकुमार प्रधानले गर्ने भएका छन् । त्यसैगरि, ब्यवस्थापकमा शशिशेखर झा र फिजियो विपिन भट्टाराई जिम्मेवारी दिइएको छ।

टोलीमा मोरंगबाट उपकप्तानमा शाकिब हक, फिर्दोष अन्सारी, दिपेश कंडेल, प्रेम कामत रहेकाछन् । बागमती र मधेश प्रदेशको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशले ९ वटा खेल खेल्नेछ।

कुल ४६ वटा खेल हुने प्रतियोगिताको उपाधि भिडन्त बैशाख ४ गते वीरगञ्जमा हुनेछ । प्रतियोगितामा सातप्रदेशसंगै तीन विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?