भन्सार छलेर ल्याइएको ७ लाख रुपैयाँ बराबरको कपडा बरामद

भन्सार छलेर ल्याइएको ७ लाख रुपैयाँ बराबरको कपडा बरामद
+
-

मोरङ – भारतबाट भन्सार छलेर भित्र्याइएको ७ लाख रुपैयाँभन्दा बढीको लत्ताकपडा मोरङ प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेका अनुसार भन्सार छलेर भित्र्याइएको ७ लाख ३० हजार ५ सय रुपैयाँ बराबरको कपडा विराटनगर–६ सरौचियाबाट बरामद गरिएको हो।

प्रहरीले मंगलबार स्थानीय मुरी मण्डलको घरमा ८ वटा प्लाष्टिकको बोरामा प्याक गरी राखिएको अवस्थामा कपडा बरामद गरेको सूचना अधिकारी लामिछानेले जानकारी दिए।

बरामद गरिएको कपडामा बालबालिका र महिलाको कुर्ता सुरुवाललगायतका कपडा रहेको बताइएको छ। बरामद गरिएको कपडा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी, विराटनगरमा बुझाएको प्रहरीले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?