निर्वाचनका क्रममा भ्रम फैलाएको आरोपमा ३७ जना पक्राउ

निर्वाचनका क्रममा भ्रम फैलाएको आरोपमा ३७ जना पक्राउ
सांकेतिक तस्बिर।
+
-

जनकपुरधाम- प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा मधेस प्रदेशका चार जनासहित देशभरबाट ३७ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि रानायण काफ्लेका अनुसार उम्मेदवारी दर्तादेखि मतदानको दिनसम्ममा १५ जिल्लाका ३७ जनालाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले उनीहरुलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरेको थियो ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तरगत उम्मेदवार गत माघ ६ गते भएको थियो भने फागुन २१ मा मतदान सम्पन्न भएको थियो ।
प्रवक्ता प्रहरी नायव महानिरीक्षक काफ्लेका अनुसार यस अवधिमा काठमाडौँमा सबैभन्दा बढी मानिस पक्राउ परेका छन् ।

काठमाडौँमा सामाजिक सञ्जालमा भ्रम फैलाउने १६ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

यस्तै, बाँकेका ४ जना, दाङका ३ जना, चितवनका २ जना, सल्याणका २ जनालाई पक्राउ गरिएको छ ।

यस्तै, भक्तपुर, सुनसरी, सप्तरी, धनुषा, रौतहट, बारा, मकवानपुर, कास्की, रुपन्देही र अछामका एक।एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रवक्ता काफ्लेले बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?