झापाका ३९ जना उम्मेदवारले कटाएनन् १०० मत

झापाका ३९ जना उम्मेदवारले कटाएनन् १०० मत
+
-
देशसञ्चार AI सारांश
  • झापामा भएको निर्वाचनमा ९० उम्मेदवारमध्ये ३९ जनाले १०० मत पनि कटाउन सकेनन्।
  • १७ स्वतन्त्र उम्मेदवारमध्ये दुईजनाले मात्र सय मत कटाउन सके भने बाँकी १५ ले कटाउन सकेनन्।
  • झापाका विभिन्न राजनीतिक दलका २४ उम्मेदवारले पनि सय मत कटाउन नसकेको निर्वाचन कार्यालयले जनाएको छ।

झापा- गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापामा उम्मेदवारी दिएकामध्ये ३९ जनाले १०० मत पनि कटाउन सकेनन् ।

जिल्लाका पाँच निर्वाचन क्षेत्रमा स्वतन्त्रका १७ सहित ९० जना उम्मेदवार थिए । सय मत पनि कटाउन नसक्नेहरुमा विभिन्न राजनीतिक दलका २४ जना र १५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका १७ जनामध्ये दुईजनाले मात्र सय मत कटाउन सकेका छन् । झापा २ मा डा. युवराज संग्रौलाले ३०५ र झापा ३ मा अभय राजवंशीले ५३१ मत ल्याउन सकेका हुन् ।

सबैभन्दा कम झापा ५ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश नेपालले ३ मत ल्याएका छन् । त्यस्तै झापा ५ कै स्वतन्त्र उम्मेदवार मातृका भट्टराईले ६ र झापा २ मा स्वतन्त्र उम्मेदवार बनेका रमेशकुमार कार्कीले पनि ६ मत ल्याएका छन् ।

सय मत नकटाउनेहरुमा झापा ५ मा सबैभन्दा बढी १५ जना रहेका छन् । त्यस्तै झापा १ मा ६ जना, २ मा ७ जना, ३ मा ६ जना र ४ मा ५ जना रहेका छन् ।

नेपाल मजदुर किसान पार्टी, नेपाल जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी संयुक्त, नेपाल कम्युनिष्ट पार्टी माओवादी, नेशनल रिपव्लिक नेपाल, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी(पुष्पलाल), पिपुल फर्स्ट पार्टीका उम्मेदवारहरुले सय मत कटाउन नसकेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

झापाका ९० जना उम्मेदवारमध्ये ७८ जनाको जमानत जफत भएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?