धनुषा– १ का उम्मेदवार यादवले जितेको प्रमाणपत्र बुझेको फोटो सार्वजनिक

धनुषा– १ का उम्मेदवार यादवले जितेको प्रमाणपत्र बुझेको फोटो सार्वजनिक
फाइल फोटो।
+
-
देशसञ्चार AI सारांश
  • धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार मातृकाप्रसाद यादवले आफू जितेको प्रमाणपत्र बुझेको फोटो फेसबुकमा सार्वजनिक गरेका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी कालोसूचीमा परेर खारेज भएको थियो।
  • उनले सर्वोच्च अदालतमा रिट दायर गरेपछि अदालतले मत परिणाम अनिश्चितकालका लागि स्थगन गर्न निर्देशन दिएको छ।

धनुषा –धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार मातृकाप्रसाद यादवले जितेको प्रमाणपत्र बुझेको फोटो सार्वजनिक गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका यादवले आफू जितेको प्रमाणपत्र बुझेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा फोटो सार्वजनिक गरेका छन् । उनले व्यापक जनदबावपछि निर्वाचन आयोगले जितेको प्रमाणपत्र दिएको लेखेका छन्।

यस विषयमा जानकारी लिनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत मनोज बराललाई फोन सम्पर्क गर्न खोज्दा उनको फोन स्विच अफ भएकाले उनको प्रतिक्रिया लिन सकिएन भने मुख्य निर्वाचन अधिकृत सुभाष बाबु बुढीलाई समेत सम्पर्क गर्न खोज्दा उनको फोन उठेन।

निर्वाचन आयोगले कालोसूचीमा नाम भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेज गरेको थियो। उक्त निर्णय विरुद्ध शाहले सर्वोच्च अदालतमा समेत रिट दायर गरेको छ भने आयोगले तत्काल मत परिणाम घोषणा नगर्न निर्देशन दिएको थियो। सर्वोच्चले समेत यस मुद्दाको नलागेसम्म निर्वाचन मत परिणाम घोषणा नगर्न आदेश गरेको छ।

यस क्षेत्रमा रासोपाका उम्मेदवारको उम्मेदवारी खारेज भएपनि मतपत्रमा पार्टीको छाप रहेकोमा उक्त छापमा सबैभन्दा बढी मत परेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?