विद्यार्थी नेतादेखि प्रतिनिधिसभा सदस्यसम्मको जयपति रोकाया यात्रा

विद्यार्थी नेतादेखि प्रतिनिधिसभा सदस्यसम्मको जयपति रोकाया यात्रा
+
-
देशसञ्चार AI सारांश
  • नेपाली कांग्रेसका जयपति रोकाया हुम्लामा ८,७९७ मत ल्याउँदै १,५५४ मतान्तरले विजयी भएका छन्।
  • रोकायाले २०४९ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरी विभिन्न पदमा रहेर काँग्रेसलाई बलियो बनाएका छन्।
  • २०७९ निर्वाचनमा रोकायाले प्रतिनिधिसभा सदस्य पदमा पहिलोपटक जनप्रतिनिधिका रूपमा प्रवेश गरेका हुन्।

हुम्ला – हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया विजयी भएका छन्। शनिबार राति अवेर मतगणना  सम्पन्न हुँदा कांग्रेस उम्मेदवार रोकायाले फराकिलो मतान्तर पार्दै विजयी भएका थिए।

यिनको जिवन राजनीति गर्दै आजको अवस्थामा आई पुगेको छ। सुरुमा कम्युनिष्ट पृष्ठभूमि भएपछि नेपाल विधार्थी संघको राजनीतिबाट उनलको राजनीति सुरु भएको हो। हुन त हुम्लामा नेपाली कांग्रेसको प्रभाव प्रजातन्त्र पनरवहाली पछिका दिनमा त्यति राम्रो नभएपनि पछि भने राम्रै थियो तर उनी २०४९ सालमा राजनीति गरेदेखि केहिल्यै लाभको पदमा पुग्न सकेका थिए।

२०४९ सालबाट नेपाल विद्यार्थी संङ्घको राजनीति सुरु गरेका उनले प्रतिनिधिसभा सदस्यमा निर्वाचित रोकाया २०५४ सालपछि नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष भएका थिए। त्यसयता उनी नेविसंघको तीन कार्यकाल जिल्ला अध्यक्षमा भएका थिए।

२०६१ सालबाट नेपाल तरुण दल हुम्लाको अध्यक्ष भएका थिए। तरुण दल हुम्लाको अध्यक्षमा पनि रोकाया तीन कार्यकाल भ्याउन सफल भएका थिए। नेपाली कांग्रेसको बाह्रौ महाधिबेशनबाट रोकाया जिल्ला पार्टी सभापतिमा निर्वाचित भएका थिए। त्यो पनि कहालीलाग्दो घटना छ।

खासमा उनी हुन नचाहेको भएपनि पतत्कालीन परिस्थितीले हुनु पर्ने बाध्यता आई लाग्यो। त्यसैगरि उनी तेह्रौ जिल्ला अबिधेशनबाट पनि नेपाली कांग्रेस हुम्लाको पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका थिए। काँगैसको चौधौ महाधिबेशनपछि महासमिति सदस्य र कर्णाली प्रदेश सदस्यमा हाल उनी कार्यरत छन्। भलै हाल बिशेष महाधिबेशन भई सकेको छ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा पार्टीले सिमकोट गाउँपालिकाको अध्यक्षमा टिकट दिने निश्चित थियो। तत्कालीन नेकपा माअ‍ोवादीसंग समिकरण भएको कारण जीत पनि निश्चित जस्तै थियो तर उनले पार्टीले दिन खोजेको सो पद अस्वीकार गरेका थिए। तर नेपाली काँग््रेस हुम्लाले २०७४ र २०७९ को प्रतिनिधिसभा सदस्यमा समानुपातिकमा सिफारिस भने गरेको थियो। संयोगवस उनी सो पदमा पुग्न सफल भएका थिएनन्। रोकायाको यो जनप्रतिनिधिका रुपमा प्रतिनिधिसभामा पहिलो प्रवेश हो।

आफु निर्वाचित भई सकेपछि नीति निर्माणमा बढी केन्द्रीत रहने प्रतिबद्धता यसअघि उनले ब्यक्च गरि सकेका छन्। कांग्रेसका रोकायाको विजयसंगै हुम्ला जिल्लामा नेपाली कांग्रेसले बाह्र वर्षपछि प्रतिनिधिसभामा प्रवेश गरेको छ। २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेस हुम्लामा संविधान सभामा निर्वाचित भएको थियो र पनि प्रतिनिधिसभामा परिणत भएको थियो।

त्यसयता २०७४ मा पराजित र २०७९ निर्वाचनमा समिकरण हुँदा तत्कालीन नेकपा माओवादी केन्द्रलाई प्रतिनिधिसभा सदस्यमा सहयोग गरेको थियो। प्रतिनिधिसभा सदस्यमा विजयी रोकायाले आठ हजार ७९७ मत ल्याएर विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डाक्टर दिपेन्द्र रोकायालाई एक हजार ५५४ मतान्त्तरले पछि पार्दै विजयी भएका हुन । डाक्टर रोकायाले सात हजार २४३ मत प्राप्त गर्नु भएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?