धनगढी – कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल ज्ञवाली १७ हजार ८२६ मत ल्याएर विजयी भएकी छन्।
नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन्। टीकापुर नगरपालिकाको नगरप्रमुख पदबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका रामलाल डगोरा थारुले ८ हजार ३९२ मत प्राप्त गरे।
नेपाल कम्युनिस्ट पार्टी एमालेका द्वारिकाप्रसाद न्यौपानेले ४ हजार ४९३ मत प्राप्त गरेका छन्। यहाँ स्वतन्त्र उम्मेदवार फागुराम थारुले ३ हजार ३८८, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले २ हजार ९३७, उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रदीप कुमार चौधरीले २ हजार ३५७ र श्रम संस्कृति पार्टीका विमलकुमार डगौराले ९०८ मत प्राप्त गरेका छन्।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी माओवादीका रामबहादुर विश्वकर्माले ३१५ मत प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार डाक्टर जनकराज शाहले २१६ मत प्राप्त गरेका छन्।
यस्तै, स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहीले १४० मत, जनमत पार्टीका उम्मेदवार भगतराम डगोरा थारुले ११३ मत, स्वतन्त्र उम्मेदवार नरेश रावलले ९३ मत, आम जनता पार्टीका रूपाकुमारी चौधरीले ६० मत र मजदुर किसान पार्टीका सुनिता भण्डाराले ४१ मत प्राप्त गरेका छन्।