अ
+
अ
अ
-
मुस्ताङ- योगेश गौचन थकाली प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट ३३०७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी इन्द्रधारा विष्ट (नेकपा एमाले) ले १८०६ मत पाए।
अधितीय चन्द्र थकाली (राष्ट्रिय स्वतन्त्र पार्टी) ले ७५९ मत ल्याएका छन्। त्यस्तै कमला लालचन (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले १६१ र ङुटुक गुरुङ (नेपाल कम्युनिष्ट पार्टी) ले १५१ मत प्राप्त गरेका छन्।
मुस्ताङमा ११,३२८ मतदातामध्ये ६,३८८ मत खसेकोमा १०७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
आधिकारिक घोषणा भने आउन बाँकी छ।