आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा सफा मौसम रहने तर केही क्षेत्रमा हल्का वर्षा हुने जनाएको छ।
  • कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली र पहाडी भागमा आंशिक बदली र हल्का वर्षा वा हिमपातको सम्भावना छ।
  • मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ।

काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ ।

पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ । यी प्रदेशका तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने छ ।

मधेस प्रदेशको तराई भू-भागमा आज दिनभर मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । त्यसैगरी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहे पनि पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ ।

लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी क्षेत्रमा आंशिक बदलीका साथ एकदुई स्थानमा हल्का वर्षा हुनसक्ने जनाइएको छ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ ।

कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने भए पनि एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि मौसम सामान्यतया सफा रहने तर एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो प्रदेशका तराईमा भने मुख्यतया मौसम सफा रहने पूर्वानुमान छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?