- कैलालीमा भएको प्रतिनिधि सभा निर्वाचनमा कुल ५ लाख ५१ हजार ५२ मतदातामध्ये ५५.४ प्रतिशत मत खसेको छ।
- क्षेत्र नं. ५ मा सबैभन्दा धेरै ५९.६७ प्रतिशत मत खसेको छ भने मतपेटिका संकलन जारी छ।
- सर्वदलीय बैठकमा मतगणना व्यवस्थापनबारे निर्णय गरिने र गणना समय निर्धारण गरिने बताइएको छ।
धनगढी– आज भएको प्रतिनिधि सभा निर्वाचनमा कैलालीमा ५५.४ प्रतिशत मत खसेको छ।
कुल ५ लाख ५१ हजार ५२ मतदाता मध्ये जिल्लाभर ३ लाख ५ हजार १ सय २२ मत खसेको हो । जुन कुल मतदाताको ५५.४ प्रतिशत हो ।
एक लाख ६२ हजार ५१ महिला, एक लाख ४३ हजार ६७ पुरुष र चार जना अन्यले मतदान गरेका छन् । क्षेत्र नं. १ मा ५४.४३ मत खसेको छ ।
यो क्षेत्रमा कूल एक लाख ८४९१ मतदाता थिए । उनीहरू मध्ये ५९ हजार ६१ जनाले मतदान गरे । क्षेत्र नं. २ मा ५६ हजार ७७० मत खसेको छ । यो कूल एक लाख ७ हजार ७५७ को ५२.६८ प्रतिशत हो ।
क्षेत्र नं. ३ मा भने ५५.२५ प्रतिशत मत खसेको छ । कूल एक लाख ९ हजार १२२ मतदाता मध्ये ६० हजार २९४ जनाले मतदान गरेका छन् ।
क्षेत्र नं. ४ मा ५४.७४ प्रतिशत मत खसेको छ । कूल एक लाख १५ हजार १४३ मध्ये ६३ हजार ३४ मत खसेको छ ।
क्षेत्र नं. ५ मा भने सबैभन्दा धेरै ५९.६७ प्रतिशत मत खसेको छ । एक लाख १० हजार ५३९ मध्ये ६५ हजार ९६३ मत खसेको छ । अहिले मतपेटिका मतगणनास्थलसम्म पुर्याउने काम जारी छ ।
मतपेटिका संकलन कार्य सकिएपछि सर्वदलीय बैठक बसेर मतगणनाबारे निर्णय लिइने मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाले बताए ।
उनका अनुसार सर्वदलीय बैठकको निर्णयअनुसार गणना गर्ने समय निर्धारण गरिनेछ ।