मुगुमा ३ बजेसम्म ५६ प्रतिशत मतदान

मुगुमा ३ बजेसम्म ५६ प्रतिशत मतदान
+
-

मुगु – मुगु जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म जिल्लाभर २० हजार ३६१ मत खसेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार खसेको मतमध्ये १० हजार ७३१ महिला र ९ हजार ६३० पुरुष मतदाता रहेका छन्। हालसम्म जिल्लामा कुल ५६.५१ प्रतिशत मतदान भएको उनले जानकारी दिए।

जिल्लाभर कायम गरिएका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उल्लेख्य उपस्थितिसहित मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। सुरक्षाकर्मीको उपस्थितिमा मतदान कार्य व्यवस्थित ढंगले अघि बढिरहेको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा १ वटा अस्थायी मतदान केन्द्रसहित ७० वटा मतदान केन्द्र र ६७ वटा मतदानस्थल कायम गरिएका छन्। ती केन्द्रमार्फत ३६ हजार ३१ जना मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको छ। हालसम्म १५ हजार ६७० जना मतदाता मतदान गर्न बाँकी रहेका छन्।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रशासन र सुरक्षा निकायले आवश्यक समन्वय गर्दै मतदान प्रक्रिया सञ्चालन गरिरहेको जनाइएको छ। निर्वाचन कार्यालयले मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रहसमेत गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?