अ
+
अ
अ
-
जनकपुरधाम- महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत आज दिउँसो १ बजेसम्ममा डेढ लाख मतदाताले मतदान गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार दिउँसो १ बजेसम्ममा १ लाख ५० हजार ४६१ जनाले मतदान गरेका छन् । जसमा ७७ हजार १८४ जना महिला र ७३ हजार २७७ जना पुरुषले मतदान गरेका छन् ।
महोत्तरी क्षेत्र नम्बर १ मा १२ हजार ४२२ जना महिला र ११ हजार २६८ जना पुरुष गरी २३ हजार ६९० जनाले मतदान गरेका छन् ।
यस्तै, क्षेत्र नम्बर २ मा ११ हजार ४१४ जना महिला १० हजार ९१७ जना पुरुष गरी २२ हजार ३३१ जनाले मतदान गरेका छन् ।
क्षेत्र नम्बर ३ मा २६ हजार ४०७ जना महिला, २५ हजार ८९० जना पुरुष गरी ५२ हजार २९७ जनाले मतदान गरेका छन् ।
यस्तै, क्षेत्र नम्बर ४ मा १५ हजार ४६१ जना महिला, १५ हजार ७९८ जना पुरुष गरी ३१ हजार ९२८ जनाले मतदान गरेका छन् ।