मोरङमा दिउँसो १ बजेसम्म खस्यो २९ दशमलव ५५ प्रतिशत मत

मोरङमा दिउँसो १ बजेसम्म खस्यो २९ दशमलव ५५ प्रतिशत मत
+
-
देशसञ्चार AI सारांश
  • मोरङका ६ वटै निर्वाचन क्षेत्रमा दिउँसो १ बजेसम्म २ लाख ३१ हजार ३ सय ९७ मत खसेको छ।
  • क्षेत्र नम्बर १ र ४ मा समान ३२ दशमलब ९८ प्रतिशत मत खसेको छ, क्षेत्र नम्बर ५ मा सबैभन्दा कम २२ दशमलव १५ प्रतिशत मत खसेको छ।
  • कुल ८८८ मतदान केन्द्रमध्ये दिउँसो १ बजेसम्म २९ दशमलव ५५ प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

मोरङ- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङमा दिउँसो १ बजेसम्म २९ दशमलव ५५ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार हालसम्म मोरङका ६ वटै निर्वाचन क्षेत्रमा २ लाख ३१ ह्जार ३ सय ९७ मत खसेको हो ।

कार्यालयका अनुसार १ सय ५१ वटा मतदान केन्द्र संख्या रहेको क्षेत्र नम्बर १ मा ३२ दशमलव ९८ प्रतिशत मत खसेको छ । जसअनुसार सो क्षेत्रमा ४२ हजार ३ सय ८९ जनाले मताधिकार प्रयोग गरिसकेका छन् ।

त्यसैगरी, १ सय ५४ वटा मतदान केन्द्र रहेको क्षेत्र नम्बर २ मा ३४ हजार ७ सय ९१ मत खसेको छ । जसअनुसार यो क्षेत्रमा २६ दशमलव ९३ प्रतिशत मत खसेको हो । मोरङ क्षेत्र नम्बर ३ मा २८ दशमलव ९९ प्रतिशत अर्थात ४५ हजार ८ सय २३ मत खसेको छ ।

मोरङको क्षेत्र नम्बर ४ मा भने ३२ दशमलव ९८ प्रतिशत मत खसेको छ । जहाँ ३९ हजार ३ सय ३० मतदाताले आफ्नो अधिकार प्रयोग गरेका छन् ।

मोरङको क्षेत्र नम्बर ५ भने सबैभन्दा कम २२ दशमलव १५ प्रतिशत मत खसेको प्रशासन कार्यालय मोरङले जनाएको छ । सो क्षेत्रमा हालसम्म २४ हजार ४ सय मत खसेको छ ।

मोरङ क्षेत्र नम्बर ६ मा भने ३२ दशमलव ४० प्रतिशत मत अर्थात कुल मतको ४४ हजार ६ सय ६४ मत खसेको छ ।

मोरङको कुल ८ सय ८८ मतदान केन्द्रमा कुल ७ लाख ८३ हजार ५० मतदाता मध्ये दिउँसो १ बजेसम्म २ लाख ३१ हजार ३ सय ९७ मत खसेको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?