अ
+
अ
अ
-
मोरङ – नेकपा एमालेका सचिव तथा भोजपुरका उम्मेदवार शेरधन राईले मतदान गरेका छन्।
भोजपुर जिल्लाको दक्षिण आमचोक गाउँपालिका वडा नम्बर ३ थिदिखास्थित शिक्षा ज्योति आधारभूत विद्यालयमा उनले मतदान गरेका हुन्।
यस्तै, नेकपाका उम्मेदवार अजम्बर राई काङमाङले पनि मतदान गरेका छन्। उनले चण्डेश्वरी मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्। सोही केन्द्रबाट श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले पनि मतदान गरेका छन्।