होली पर्वले सबैमा एकता र सद्भाव कायम राख्ने नेता कोइरालाको विश्वास

होली पर्वले सबैमा एकता र सद्भाव कायम राख्ने नेता कोइरालाको विश्वास
+
-

माेरङ – धर्म संस्कृति जोगाउन कांग्रेस पार्टीले बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनमा जित्न आवश्यक रहेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्।

आइतबार विराटनगरस्थित हाम्रो समाज विराटनगरद्धारा आयोजित होली मिलन कार्यक्रममा मोरंग क्षेत्र नम्बर ६ का उम्मेदवार समेत रहेका नेता कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था जोगिएमात्र राष्ट्र र लोकतन्त्र बालियो हुने प्रस्टाए।

उनले धर्म संस्कृति, संस्कार र सभ्यतामाथिको प्रहार रोक्नपनि कांग्रेसको जित आवश्यक रहेको उनले बताएका हुन्।

रंगहरुको पर्व होलीले सबैमा खुशीयाली प्रदान गरुन भन्दै नेता कोइरालाले यसप्रकारको पर्वले विविधतामा एकता बनाउने र मुलुकमा सद्भाव कायम राख्नेमा जोड दिए।

कार्यक्रममा समाजका अध्यक्ष अनुप सापकोटाले होलीले आपसी भाइचाराको सम्बन्ध प्रगाढ बनाउने र सबै जातजातिको मौलिकता, धर्म, संस्कृति, परम्परा कायम राख्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेस समानुपातिक उम्मेदवार रुक्मिणीदेवी कोइराला तथा डा. प्रमिला गच्छदारको समेत उपस्थिति थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?