अ
+
अ
अ
-
जनकपुरधाम – निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै जनकपुरधाममा बिबिसीले सार्वजनिक गरेको डकुमेन्ट्री चलाइरहेको अवस्थामा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनुसार जनकपुरधामस्थित रेल्वे स्टेशनमा गाडीमा लागेको एलइडीमा निर्वाचन आचारसंहिता विपरीत डकुमेन्ट्री चलाइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाडीसहित दुई जनालाई पक्राउ गरेको हो।
प्रहरी प्रवक्ता बमले आज साढे ५ बजेतिर बी आर ०१ जीक्यु १४६७ नम्बरको एलइडीजडित गाडीमा डकुमेन्ट्री प्रसारण भइरहेको समयमा चालकसहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार चालक गुड्डु कुमार गौन र उनीसँगै रहेका विकास जयसवाललाई नियन्त्रणमा लिएको छ। जयसवाल रास्वपाका कार्यकर्ता हुन्।