मेक्सिकोमा लागूऔषध माफिया ‘एल मेन्चो’ मारिएपछि भएको हिंसामा २५ सैनिकसहित ३२ को मृत्यु

मेक्सिकोमा लागूऔषध माफिया ‘एल मेन्चो’ मारिएपछि भएको हिंसामा २५ सैनिकसहित ३२ को मृत्यु
+
-
देशसञ्चार AI सारांश
  • मेक्सिकोमा एल मेन्चो मारिएपछि भड्किएको हिंसामा ३२ जनाको मृत्यु भएको छ जसमा २५ सैनिक छन्।
  • मेन्चोका समर्थकहरूले २० राज्यमा अशान्ति मच्चाउँदै सडक अवरुद्ध गर्ने र सरकारी बैंकमा आगो लगाएका छन्।
  • सेनाले एल मेन्चोको ठेगाना उनकी प्रेमिकामार्फत पत्ता लगाई विशेष कारबाहीमा उनलाई मार्न सफल भएको थियो।

काठमाडौँ– मेक्सिकोमा कुख्यात लागूऔषध माफिया एल मेन्चो मारिएपछि भड्किएको हिंसा अझै नियन्त्रणमा आउन सकेको छैन।  विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन जारी रहेको बीबीसीले जनाएको छ। उक्त हिंसामा परी ३२ जनाको ज्यान गइसकेको छ। जसमा २५ सैनिकहरु रहेको जनाइएको छ।

मेन्चोका समर्थकहरूले २० वटा राज्यमा अशान्ति फैलाएका छन्। धेरै ठाउँमा सडक अवरुद्ध पारिएको छ भने सवारीसाधनमा आगजनी गरिएको छ। साथै  २० भन्दा बढी सरकारी बैंकका शाखाहरुमा आगो लगाइएको छ।

जालिस्को राज्यमा कर्फ्यूजस्तै अवस्था सिर्जना भएको छ। यही सहर सन् २०२६ को फिफा विश्वकपका आयोजक सहरमध्ये एक हो। सुरक्षात्मक कारबाहीका क्रममा सेनाले बुलेटप्रूफ सवारीसाधन, रकेट प्रक्षेपकसहित ठूलो परिमाणमा हतियार बरामद गरेको जनाएको छ।

मेक्सिकोको सेनाले आइतबार सञ्चालन गरेको विशेष कारबाहीमा देशकै सबैभन्दा शक्तिशाली लागूऔषध गिरोहका नेता एल मेन्चोलाई मारिएको थियो। कारबाहीका क्रममा उनी गम्भीर घाइते भएका थिए।

उनलाई हेलिकप्टरमार्फत मेक्सिको सहर लगिँदै गर्दा बाटोमै मृत्यु भएको थियो। उक्त कारबाहीमा एल मेन्चोसहित अन्य आठ जना मारिएको प्रहरीले जनाएको छ।

मेक्सिकोका रक्षामन्त्री रिकार्डो ट्रेविलाका अनुसार एल मेन्चोको ठेगाना उनकी प्रेमिकामार्फत पत्ता लागेको थियो। सेनाले लामो समयदेखि उनको गतिविधि निगरानी गर्दै आएको थियो। रक्षामन्त्री ट्रेविलाले पत्रकार सम्मेलनमा बताएअनुसार गुप्तचर निकायले एल मेन्चोकी प्रेमिकासँग सम्बन्धित एक विश्वासपात्र व्यक्तिको पहिचान गरेको थियो। त्यस व्यक्तिको गतिविधिमा निरन्तर निगरानी राखिएको थियो।

उही व्यक्तिले एल मेन्चोकी प्रेमिकालाई जालिस्को नजिकैको एक सुरक्षित परिसरमा पुर्‍याएको थियो। सेनाले उनको पिछा गर्दै उक्त परिसरसम्म पुगेको थियो। महिला त्यहाँबाट बाहिरिएपछि कडा सुरक्षाबीच एल मेन्चो त्यहीँ लुकेर बसेको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्।

त्यसपछि सुरक्षाबलले तत्काल विशेष कारबाही सुरु गर्दै पूरै क्षेत्र घेरा हाले। घेराबन्दीका क्रममा एल मेन्चोका बन्दुकधारीहरूले सुरक्षाकर्मीमाथि गोली प्रहार गरे। जवाफी कारबाहीमा एल मेन्चो घाइते भए। उनका सहयोगीहरूले उनलाई नजिकैको जंगलतर्फ लगे पनि सैनिकहरूले व्यापक खोजीपछि उनलाई फेला पारेका थिए। घाइते माफिया मेन्चोलाइ हेलिकप्टरमार्फत उपचार केन्द्रतर्फ लगिँदै गर्दा बाटोमै उनको र उनका दुई अंगरक्षकको मृत्यु भएको थियो।

एल मेन्चोमाथि करिब १५ मिलियन डलर बराबरको इनाम घोषणा गरिएको थियो। न्युयोर्क टाइम्सका अनुसार उनी जालिस्को न्यू जेनरेशन कार्टेल (सीजेएनजी) का प्रमुख थिए। यो गिरोह मेक्सिकोमा लागूऔषध उत्पादन तथा कारोबार, स्थानीय व्यवसायीबाट अवैध असुली र विभिन्न क्षेत्रमा आतंक मच्चाउने कार्यका लागि कुख्यात थियो।

यस गिरोहको सञ्जाल अमेरिकाका सबै ५० राज्यसम्म फैलिएको बताइन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि मेक्सिको सरकारलाई एल मेन्चोविरुद्ध कडा कदम चाल्न दबाब दिँदै आएका थिए।

यसअघि पनि मेक्सिकोमा ठूला लागूऔषध गिरोहका नेताहरू पक्राउ पर्दा वा मारिँदा यस्तै हिंसात्मक झडप भएका छन्। कतिपय अवस्थामा गिरोहभित्रै नेतृत्वको संघर्ष चर्किँदा स्थिति झन् जटिल बन्ने गरेको छ।

विशेषज्ञहरूका अनुसार सन् २०१६ मा सिनालोआ कार्टेलका प्रमुख एल चापो पक्राउ पर्दा र २०२४ मा एल मायो पक्राउ पर्दा पनि यस्तै अवस्था देखिएको थियो। सन् २०१९ मा एल चापोका छोरा ओभिदियो गुजमान पक्राउ पर्दा उनका समर्थकहरूले कुलियाकान सहरलाई घण्टौँ नियन्त्रणमा लिएर सरकारलाई उनलाई रिहा गर्न बाध्य पारेका थिए। त्यसैले अहिले पनि अवस्था थप बिग्रिन सक्ने आशंका गरिएको छ।

अब जालिस्को कार्टेलले स्पष्ट रूपमा नयाँ नेतृत्व चयन गर्छ कि गर्दैन भन्नेमा भविष्य निर्भर रहने देखिन्छ। यदि गिरोहभित्र आन्तरिक सत्ता संघर्ष सुरु भयो भने हिंसा अझै चर्किन सक्ने अनुमान गरिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?