कांग्रेस एकता प्रक्रिया अघि बढाउन ‘बिपी कांग्रेस’ तयार

कांग्रेस एकता प्रक्रिया अघि बढाउन ‘बिपी कांग्रेस’ तयार
+
-
देशसञ्चार AI सारांश
  • नेपाली कांग्रेस (विपी) एकता प्रक्रिया अघि बढाउन तयार रहेको भनेर पार्टी अध्यक्ष भरत नेपालीले जानकारी दिएका छन्।
  • भ्रष्टाचार र संगठनगत अन्योललाई दृष्टिगत गर्दै नेपाली कांग्रेस (विपी) ले पार्टी एकताको अनुरोध गरेको छ।
  • विगतका अधिवेशनमा बाइपास भएपछि धेरै नेता नेपाली कांग्रेस (विपी) मा सक्रिय भएका थिए।

धनगढी –  नेपाली कांग्रेस (विपी) ले कांग्रेससँग एकता प्रक्रिया अघि बढाउन तयार भएको जनाएको छ। नेपाली काँग्रेस (विपी) डडेल्धुराका पार्टीका सभापति भरत नेपालीले प्रेस विज्ञप्ति जारी गरी नेपाली काँग्रेससँग एकता गर्ने सकारात्मक रहेकाे जनाएका छन्।

भ्रष्टाचार, संगठनगत अन्योल र जिल्लामा लोकतान्त्रिक व्यवस्थामा पार्टीको महत्वलाई ध्यानमा राख्दै नेपाली कांग्रेस (विपी) ले विगतका निर्वाचनमा पनि जनमत प्राप्त गरेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “पार्टी एकताको लागि आवश्यक छलफल र प्रक्रिया अघि बढाउन नेपाली कांग्रेस डडेल्धुरा र केन्द्रीय समितिलाई हार्दिक अनुरोध गर्दछौँ।”

यसअघि आईतबार मात्र नेपाली कांग्रेस डडेल्धुराले पार्टी एकताको आह्वान गर्दै सातौँ जिल्ला अधिवेशनमा सहभागी हुन नपाएका तत्कालीन सभापति कर्णबहादुर मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपाली लगायतलाई सक्रिय योगदान दिन आग्रह गरेको थियो।

डडेल्धुरा जिल्लाका सभापति भीमबहादुर साउदले जारी गरेको विज्ञप्तिमा सबै नेता, कार्यकर्ता र सदस्यलाई साझा रणनीतिमा गोलबद्ध भएर प्रतिनिधि सभा सदस्यका उम्मेदवार नैनसिंह महर र नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गरिएको थियो।

हाल यी सबै नेता नेपाली कांग्रेस (विपी) मा सक्रिय रहेका छन्। उनीहरु जिल्ला अधिवेशनमा आफूलाई बाइपास गरिएको महसुस भएपछि कार्यकर्ता सहित नेपाली कांग्रेस (विपी) मा गएका थिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?