अ
+
अ
अ
-
धनगढी – कैलालीको गोदावरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
भिमदत्त राजमार्ग अन्तरगत गोदावरी– ४ स्थित वनदेवी मन्दिर नजिक शुक्रबार वेलुका गोदावरीबाट अत्तरियातर्फ आउँदै गरेको गोदावरी– १ विजयनगरका अन्दाजी २१ वर्षीय हरिश विकले चलाएको सुप प्र ०१००९ प ७७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको धनगढी– २ का हरिष ओलीले चलाएको ०१००१० प ३१८७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएका थिए।
दुर्घटनामा विक र ओली सहित मोटरसाइलमा सवार अन्दाजी २५ वर्षीय योगेन्द्र शाहको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
मोटरसाइकलमा सवार गोदावरी– ६ का अन्दाजी २३ वर्षीय जीवन पाठकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको छ।