झापा–५ मा चुनावी राप: ओली आइपुगे, बालेन आउँदै

झापा–५ मा चुनावी राप: ओली आइपुगे, बालेन आउँदै
+
-

झापा – झापा क्षेत्र नम्बर ५ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

करिब एक साताअघि एकसाथ घरदैलो गरेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह आजदेखि पुनः यसै क्षेत्रमा केन्द्रित हुने भएका छन्।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली बिहानको यति एयरलाइन्सको विमानमार्फत काठमाडौँबाट चन्द्रगढी विमानस्थल हुँदै आफ्नो निर्वाचन क्षेत्र आइपुगिसकेका छन्। उता, बालेन शाह भने विराटनगर अवतरण गरी झापा आउने क्रममा रहेका छन्।

एक साता लामो घरदैलो सकेर ओली केही दिनअघि मात्रै काठमाडौँ फर्किएका थिए भने बालेन पनि झापा ५ मा तीन दिन बिताएर देशव्यापी दौडाहामा निस्किएका थिए।

आइतबार दुवै प्रभावशाली नेताहरू एकै समयमा चुनावी अभियानमा सक्रिय हुने भएपछि स्थानीय प्रशासनले सुरक्षा चुनौती थपिएको महसुस गरेको छ।

एकअर्काका कट्टर प्रतिस्पर्धी मानिएका यी दुई नेताको कार्यक्रम जुध्दा कार्यकर्ताहरूबीच हुनसक्ने मुठभेडलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

एकै क्षेत्रमा दुई हेभिवेट नेताहरूको उपस्थितिले झापा ५ को चुनावी माहोललाई थप तताएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?