एमालेको चुनावी समीक्षा: ओलीलाई जिताउन ‘फराकिलो मतान्तर’को रणनीति

एमालेको चुनावी समीक्षा: ओलीलाई जिताउन ‘फराकिलो मतान्तर’को रणनीति
+
-

झापा – नेकपा एमाले क्षेत्र नं. ५ को निर्वाचन परिचालन कमिटीले पछिल्लो एक सातामा पार्टीको अवस्थामा उल्लेख्य सुधार आएको निष्कर्ष निकालेको छ।

दमकमा सम्पन्न सचिवालय बैठकमा स्थानीय नेताहरूले टोल-टोलमा पुगेर मतदातासँग भेटघाट गरेपछि कार्यकर्तामा उत्साह पलाएको र असन्तुष्टिहरू कम हुँदै गएको रिपोर्टिङ गरेका छन्।

बैठकमा नेताहरूले मतदातामा केही गुनासा भए पनि एमालेप्रति ठूलो आशा रहेको बताएका छन्। गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष केदार ढुंगेलले विपक्षीप्रति मतदाताको धारणा नकारात्मक बन्दै गएको दाबी गर्दै जनप्रतिनिधि तहमा रहेका सानातिना असन्तुष्टिलाई आफ्नै तहबाट सम्बोधन गर्नुपर्नेमा जोड दिए।

यस्तै, गौरादहका मेयर छत्रपति सुवेदीले ‘सडक हिँडेर मात्र भोट नआउने’ भन्दै हरेक घरमा कम्तीमा १० पटक कार्यकर्ता पुग्ने गरी ‘१० घर, १० टोली’को विशेष संयन्त्र परिचालन गरिएको जानकारी दिए।

जातीय र क्षेत्रीय मतलाई सुरक्षित गर्न एमालेले विशेष रणनीति अपनाएको देखिन्छ। केन्द्रीय सदस्य होमबहादुर थापाले दमकका २३ वटा धिमाल बस्तीहरू एमालेप्रति सकारात्मक रहेको दाबी गरे।

धिमाल समुदायलाई ‘प्रथम नागरिक’ घोषणा गरिएको र उनीहरूको सांस्कृतिक पहिचानको रक्षा एमालेले नै गरेको भन्दै धिमाल जातीय विकास केन्द्रले पनि अध्यक्ष ओलीलाई साथ दिने प्रतिबद्धता जनाएको बैठकमा जानकारी दिइयो।

महिला परिचालनका सन्दर्भमा अनेम संघ झापाकी अध्यक्ष लिला ढुंगेलले विदेशमा रहेका छोराछोरीको प्रभावमा परेका आमाहरूलाई लक्षित गरी ‘आमा भेटघाट’ अभियान तीव्र पारिएको बताइन्।

बैठकको निर्वाचन कमाण्डर देवेन्द्र दाहालले अबका १९ दिन निकै महत्त्वपूर्ण रहेको भन्दै कुनै पनि ढिलासुस्ती नगरी फराकिलो मतान्तरले जित सुनिश्चित गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?