एमालेको ‘३० बुँदे’ अस्त्र: विकासको सपना कि अधुरा योजना लुकाउने प्रयास?

एमालेको ‘३० बुँदे’ अस्त्र: विकासको सपना कि अधुरा योजना लुकाउने प्रयास?
+
-

झापा – आसन्न निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेकपा एमाले झापा क्षेत्र नं. ५ ले अध्यक्ष केपी शर्मा ओलीलाई मत दिनुपर्ने ३० वटा कारणसहितको ‘अपिल’ सार्वजनिक गरेको छ।

राष्ट्रिय स्वाधिनतादेखि स्थानीय विकासका फेहरिस्त समेटिएको यो अपिलले एकातिर ओलीको ‘विकासवादी’ छवि स्थापित गर्न खोजेको देखिन्छ भने अर्कोतिर वर्षौँदेखि थाती रहेका अधुरा योजनाहरू नै अहिले पुनः चुनावी एजेन्डा बनेको तथ्यलाई पनि उजागर गरेको छ।

एमालेको अपिलमा मुख्य रूपले मदन भण्डारी राजमार्ग, हुलाकी सडक, र दमक–रवि–चिसापानी सडक खण्ड निर्माण सम्पन्न गर्न ओलीलाई जिताउनुपर्ने उल्लेख छ।

यी आयोजनाहरू ओलीकै अघिल्ला कार्यकालमा सुरु भए पनि समयमै सम्पन्न हुन नसक्नुले मतदातामाझ प्रश्न उब्जाएको छ। ‘अधुरा योजना सम्पन्न गर्न’ भन्दै मत माग्नुले विगतमा कामको गति सुस्त रहेको स्वीकारोक्ति समेत झल्काउँछ।

चीन–नेपाल मैत्री औद्योगिक पार्क र दमक–गौरादहलाई ‘स्मार्ट सिटी’ बनाउने विषयलाई एमालेले मुख्य एजेन्डा बनाएको छ। यद्यपि, जग्गा मुआब्जा विवाद र औद्योगिक पार्कको सुस्त प्रगतिले स्थानीय स्तरमा केही असन्तुष्टि कायमै छ।

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने आश्वासन प्रत्येक निर्वाचनमा दोहोरिने गरे पनि यसपटक पनि त्यसैलाई ३० बुँदे सूचीमा राखिनुले यो विषय अझै चुनावी नारामा मात्र सीमित रहेको देखिन्छ।

विगतका चुनावमा खासै विस्तृत योजना वा फेहरिस्त नदेखाइकनै जित हासिल गर्दै आएका ओलीलाई यसपटक भने ३० वटा कारण बुझाउनुपर्ने बाध्यता आइलाग्नुलाई अर्थपूर्ण मानिएको छ।

गाउँ छिर्दा मतदाताका प्रश्नबाट घेरिन थालेपछि एमालेले कार्यकर्तालाई ‘प्रिन्टेड सामग्री’ दिएर मैदानमा उतारेको बुझ्न सकिन्छ। एमाले केन्द्रीय सदस्य दिपक कार्कीले यसलाई ‘बुझाउन सजिलो सामग्री’ भने पनि, यो मतदाताको बढ्दो सचेतता र प्रश्न गर्ने क्षमताको दबाब पनि हुन सक्छ।

केपी शर्मा ओली र झापा ५ लाई एकअर्काको परिपूरक दाबी गर्ने एमालेले यसपटक ‘रक्षात्मक’ र ‘आक्रामक’ दुवै शैली अपनाएको छ। एकातिर उनीहरूले ओलीको व्यक्तित्वलाई राष्ट्रिय आवश्यकतासँग जोडेका छन् भने अर्कोतिर स्थानीय खोलाको तटबन्धन र शिक्षक दरबन्दी जस्ता स-साना मुद्दालाई पनि समेटेर मतदाता फकाउने कोसिस गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?