अ
+
अ
अ
-
काठमाडौँ – पशुपति क्षेत्रमा महाशिवरात्रिका लागि आएका साधुसन्तको चहलपहल बढेको छ।
नेपालका साथै भारतका विभिन्न स्थानबाट महाशिवरात्रिका लागि साधुसन्तहरू पशुपतिनाथ मन्दिर आउने गर्छन्। यसरी आएका उनीहरूलाई महाशिवरात्रि पर्व सकिएपछि दक्षीणासहित पशुपति क्षेत्र विकास कोषले बिदाइ गर्ने गर्छ।

कोषका अनुसार यस वर्षको महाशिवरात्रिमा ४ हजारदेखि ४ हजार ५०० सम्म साधुसन्त आउने अनुमान छ। महाशिवरात्रि पर्व आइतबार पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा धुमधामका साथ मनाइँदै छ।
