सातौँ झापा गोल्डकप: आर्मीद्वारा चर्च ब्वाइज ३-० ले पराजित, क्वार्टर फाइनलमा प्रवेश

सातौँ झापा गोल्डकप: आर्मीद्वारा चर्च ब्वाइज ३-० ले पराजित, क्वार्टर फाइनलमा प्रवेश
+
-
देशसञ्चार AI सारांश
  • त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई ३-० ले पराजित गर्दै एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टर फाइनलमा स्थान बनायो।
  • खेलमा नविन लामाले पहिलो हाफमा आर्मीलाई अग्रता दिलाए, जबकि नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्कीले गोल थपे।
  • चर्च ब्वाइज आफ्नो बलियो रक्षापंक्ति तोड्न असफल भए र नविन लामा खेलका ‘प्लेयर अफ द म्याच’ घोषित भए।

झापा — साविक विजेता चर्च ब्वाइज युनाइटेडलाई ३-० को फराकिलो अन्तरले स्तब्ध पार्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

झापाको डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै साविक विजेतालाई पहिलो चरणबाटै घर फर्काएको हो।
खेलको सुरुवाती समयदेखि नै आक्रामक बनेको आर्मीले २७ औँ मिनेटमा नविन लामाको गोलमार्फत अग्रता लिएको थियो। दिनेश हेञ्जनको पासलाई लामाले वान टचमा जाली चुमाएका थिए।

पहिलो हाफको इन्ज्युरी समयमा कप्तान जिलेस्पीजंग कार्कीको पासमा नवयुग श्रेष्ठले आकर्षक ‘एक्रोब्याटिक’ प्रहार गर्दै टोलीको अग्रता दोब्बर बनाए।
दोस्रो हाफमा पनि दबाब कायम राखेको आर्मीका लागि जर्जप्रिन्स कार्कीले २५ यार्ड टाढाबाट प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरे। तीन विदेशी खेलाडीसहित मैदान उत्रिएको चर्च ब्वाइजले केही राम्रा अवसर सिर्जना गरे पनि आर्मीको बलियो रक्षापंक्ति र गोलकिपर विकेश कुथुलाई छिचोल्न सकेन।
खेलको ‘प्लेयर अफ द म्याच’ गोलकर्ता नविन लामा घोषित भए र उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे। यो प्रतियोगिताको चार पटकको विजेता आर्मी यस पटक पनि उपाधि दाबेदारको रूपमा देखिएको छ।

पराजित चर्च ब्वाइजले गत सिजनमा पहिलो सहभागितामै उपाधि जितेको थियो। सोमबारको पहिलो क्वार्टर फाइनल खेल आयोजक झापा–११ फुटबल क्लब र भारतको सिङलिङ स्पोर्टिङ क्लब, सिक्किमबीच हुनेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?