विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन
+
-

काठमाडौँ – पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ। सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, सङ्घर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उहाँको नियात्रा तथा स्मृतिसङ्ग्रह ‘घाटगाउँ’ मङ्गलबार विमोचन भएको हो।

काठमाडौँको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका साथमा ‘घाटगाउँ’ पुस्तक सार्वजनिक गरे। सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाउँमा जन्मिएका उनले अध्ययन तथा सङ्घर्ष गर्दै अमेरिकासम्मको यात्रा तय गरेपछि आफ्नै मातृभूमिको नाममा ‘घाटगाउँ’ पुस्तक लेखे।

पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित उक्त पुस्तकमा उनले आफ्नो स्कुले जीवन, उच्च शिक्षा पढ्दाको सङ्घर्ष, रेडियो तथा अनलाइन पत्रकारिताको उतारचढावसँगै पछिल्लो समय पर्यटन अभियानमा होमिँदाका आफ्ना चुनौतीपूर्ण भोगाइ समेटेका छन्।

पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम आफ्नै गाउँको सरस्वती माध्यामिक विद्यालयमा पुस्तकालय निर्माणमा खर्च गर्ने विष्णुले जानकारी दिए। “सुर्खेतदेखि अमेरिकासम्म पुग्दाको यर्थाथ, सपना र सङ्घर्ष इमान्दारीपूर्वक पुस्तकमा लेखेको छु”, उनले भने, “सपनालाई माया गर्ने हरकोहीलाई यो पुस्तकको भोगाइ आफ्नै जस्तो लाग्नेछ।”

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?