सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनः २ पदका लागि ४ जनाद्वारा उम्मेदवारी दर्ता

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनः २ पदका लागि ४ जनाद्वारा उम्मेदवारी दर्ता
काँग्रेस एमाले उम्मेद्वार
+
-
देशसञ्चार AI सारांश
  • धनगढीमा राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन्।
  • नेकपा एमालेकी लिला भण्डारी पूर्वमाओवादबाट समायोजन भएकी र पार्टीको केन्द्रीय कमिटी सदस्य हुन्।
  • नेपाली कम्युनिस्ट पार्टीले कैलालीमा रोजी बस्नेत सुनार र टिकाराम जैशीलाई उम्मेद्वारको रूपमा अघि सारेको छ।

धनगढी – राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा २ पदका लागि ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन ।

अस्थायी राजधानी धनगढीमा रहेको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयमा नेपाली काँग्रेसका तर्फबाट बाजुराका खम्मबहादुर खातीले उम्मेद्वारी दर्ता गरेका छन्।

उनी पूर्व महान्यायधिबक्ता पनि हुन । यसै गरि नेकपा एमालेका तर्फबाट कैलालीकी लिला भण्डारीले उम्मेदवारी दर्ता गराएकी छन । उनी पार्टीको केन्द्रीय कमिटी सदस्य हुन् । भण्डारी पूर्वमाओवादीबाट एमालेमा समायोजन भएकी थिइन् ।

नेकपा उम्मेद्वार

२०५५ सालमा अनेमसंघ (क्रान्तिकारी) को जिल्ला सचिव भएपछि भूमिगत जीवन शुरु गरेकी उनले २०६२ देखि ०६४ सम्म नेकपा माओवादीको केन्द्रीय सदस्य र बर्दिया जिल्ला कमिटी इञ्चार्जको जिम्मेवारी पाएकी थिइन् । उनले एमालेको ११ औँ महाधिवेशनमा सुदूरपश्चिमबाट महिला तर्फ केन्द्रीय सदस्यको चुनाव जितेकी थिइन् ।

काँग्रेस एमाले उम्मेद्वार

यसैगरी नेपाली कम्न्युष्ट पार्टिले कैलाली रोजी बस्नेत सुनार र टिकाराम जैशीलाई उम्मेद्वार बनाएको छ । रोजी बस्नेत सुनार पुर्व एकीकृत समाजवादीकी हुन भने जैशी पुर्व माओवादीका हुन्।

नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन रहेकाले यी दुई दलका उम्मेद्वार जित्ने निश्चित जस्तै देखिन्छ । यश अघि तत्कालीन नेकपाबाट निर्वाचित शारदा भट्ट र तारामान स्वारको समयाबधि सकिएपछि निर्वाचन हुन लागेको हो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?