संघर्षपूर्ण जीवन जिउन सिकाउने कविता संग्रह ‘विलोल शब्द बल्लरी’

संघर्षपूर्ण जीवन जिउन सिकाउने कविता संग्रह ‘विलोल शब्द बल्लरी’
+
-
देशसञ्चार AI सारांश
  • डा. विलोल पोखरेलको ‘विलोल शब्द वल्लरी’ कवितासंग्रहमा ९२ वटा विभिन्न शीर्षकका कविता समावेश गरिएका छन्।

  • कविताहरूमा समाज, प्रेम, भावना, प्राकृतिक प्रेम, क्रान्तिजागर, राष्ट्रियता जस्ता विषयवस्तु केन्द्रमा राखिएका छन्।

  • अमेरिकामा बसे पनि डा. पोखरेलले आफ्नो मातृभूमिप्रतिको अगाध स्नेहपूर्ण अभिव्यक्तिमा लेखन जारी राखेका छन्।

नेपाली साहित्य, गीत, संगीत तथा कला क्षेत्रमा सक्रिय स्रष्टा/कलाकार डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ सार्वजनिक भएको छ।
यस काव्य कृतिमा ९२ वटा शीर्षकमा कविता प्रस्तुत गरिएको छ।

काव्य कलामा निपुण व्यक्तित्व डा. पोखरेलले कविताका माध्यमबाट आफ्नो जीवनको भोगाइमा आएका आरोह अवरोहको क्रन्दन, प्राकृतिक प्रेमको सामञ्जस्यता र परिवर्तनका लागि गरिने क्रान्तिचेतलाई काव्यमा उतारेका छन्। कवितामा समाज, प्रेम, भावना र राष्ट्रियतासँग सम्बन्धित विषयलाई केन्द्रीकृत गरिएको छ।

उनको लेखन कला शिल्पी गद्य र पद्य (छन्दबद्ध) कविता लेखनले सामान्य पाठकदेखि समालोचक, अध्येता सबै तह र तप्काका लागि एउटा गतिलो खुराक बनेको छ।

कर्मथलो अमेरिका बनाए पनि काव्यिक आत्मा थलो भने उनको आफ्नो मातृभूमि नेपाल र जन्मथलो धरानको विजयपुरलाई स्मृतिमा ल्याएका छन्।
रुने, हाँस्ने, उड्ने, मन र वैराग्यता पैदा गर्ने सिर्जनाको साधना हो साहित्य। पोखरेलका कविता नेपालको समाज, संस्कृति र प्रकृतिप्रति चिन्तनमा केन्द्रित छन्। कवितामा प्रयुक्त भाषा कुनै–कुनै केही जटिल भए पनि सरल र सरस छन्। यस कविता संग्रहले संघर्षमय जीवन जिउने तरिकासमेत सिकाएको छ।

उनका ‘जीवन–साँझ’देखि ‘म तिम्रो’सम्म ९२ वटा शीर्षकमा प्रस्तुत कविता कतै गद्य त कतै लयबद्ध अनुष्टुप छन्दमा प्रयोग भएका छन्। यसमा लेखकले समय सन्दर्भ र पाठकको अभिरुचिलाई ध्यान दिएर कविताको माध्यमबाट आफ्ना भावनालाई लिपिबद्ध गरेका छन्। उनी साहित्यमा मात्र नभई गीत, संगीत चलचित्र र अभिनय कलामा समेत उत्तिकै समर्पित देखिन्छन्।

साहित्यकार डा‍. पोखरेलको यस कवितामा आफ्नो बाल्यकाल वा किशोरवयमा गरेको जीवन संघर्ष र मातृशक्तिको मायाको खोजी वा शीतलता छचल्किन्छ।

उनले यस कविता रचनाको प्रारम्भमै आफूमा धेरै शब्द ज्ञानको वाटिका नभएको भन्दै जीवनमा भोगेका निराशाजनक, पीडादायक र क्लिष्ट पलहरूले नै काव्य रचनाका लागि प्रेरित गरेको स्मरण गरेका छन्। आफ्नो रचना शब्द, छन्द, अलंकारले ओतप्रोत नभए पनि जुन आवेगमा जे शब्दले मर्म लियो त्यसैलाई आलेखका रुपमा समेटिएको बताएका छन्।

कवि डा. पाेखरेलले लेख रचनाको प्ररम्भमै आत्मप्रदायक दिव्यशक्ति ईश्वर, प्राणप्रदायक मातृपितृ शक्ति ऊर्जा र आत्मबल प्रदायक बन्धुबान्धव भनी शक्तिको वर्गीकरण गरेका छन्।

उनले धेरै पटक आफ्ना शब्दहरू निराशावादी अनि पीडाबोधक मात्र भए भन्ने इष्टमित्र वा आफन्तहरूले बोध गराएकोप्रति पनि तीखो व्यंग्यवाण प्रहार गरेका छन्।

उनले आप्रवासी जीवनका केही क्षणबाट अचम्मको अनुभव महसुस गरेको बताएका छन्। प्रवासमा नेपाली हुन खोजेर नेपालीका मच्ची मच्ची गफ गर्ने तीव्र इच्छा हुने र हरेक खानाका नाम नेपालीमै सुन्न चाहने चेष्टाप्रति उनी सचेत छन्। उनले आफूलाई हाँस्न र रुन पनि नेपालीमै मन पर्ने गरेको प्रसंगले उनको आफ्नो मातृभूमिप्रतिको अगाध स्नेह र प्रेम प्रकट हुन्छ।

यसैगरी प्रवासमा बाहिर थोरै हाँस्ने र भित्रभित्र थुप्रै रुने आफ्नैजस्ता भाग्नै नपर्ने र भागिएका आप्रवासीहरू यस्तै आफ्नो नेपाली शब्दहरुमा आफ्ना आन्तरिक उत्पीडनको उद्घोषण गर्दा रहेछन् भन्नेसमेत उनले दृष्टान्त दिएका छन्।

कवितामा आध्यात्मिक चेत, भौतिकवादको चरमोत्कर्ष वर्णन, प्रकृति प्रेमदेखि राष्ट्रवादले ओतप्रोत भएको पाइन्छ। प्रस्तुत कविता संग्रह ‘विलोल शब्द वल्लरी’मा तीन जना व्यक्तित्वको शुभकामना समेटिएको छ।

उनीहरूले समेत कविलाई चिनाउने प्रयत्न गरेका छन्। यसै  सन्दर्भमा आदर्शप्रसाद पोखरेलले भनेका छन्, ‘पाश्चात्य मुलुकमा पनि T.S. Eliot (Tha West-Land), Thomas Hardy, Mathew Arnold जस्ता नैराश्यवादी नभएका होइनन् तर यसप्रकारका कविताले जीवनको यथार्थतालाई उदाङ्ग पारिदिन्छ, मानवीय संवेदनालाई झक्झक्याउँछ र पाठकलाई स्वअस्तित्वप्रति सकारात्मक रहन प्रेरणा प्रदान गर्दछ ।’

त्यस्तै, वरिष्ठ अभिनेता, निर्देशक, निर्माता कृष्ण मल्लले ०४१ सालमै कलाकारहरूको सामाजिक संस्था ‘अभियान’को महासचिव हुनु, धार्मिक कुरामा अत्यन्त लगाव र समर्पण रहेको भन्दै कविको प्रशंसा गरेका छन्।

यसैगरी, डा. माधवप्रसाद पोखरेलले कवि विलोललाई सानैदेखि बाठो, प्रतिभाशाली, मिहिनेती, फूर्तिलो र इमान्दार केटो रहेको स्मरण गर्दै अभाव र संघर्षबाट हुर्केको हुनाले विलोलले समयको महत्व बुझेर नेपालमै पनि उन्नति गरेको स्मरण गरेका छन्। उनले कवितामा निराशा, धोका, एक्लोपन, अविश्वास र मायाको खोजी देखिएकाे बताएका छन्।

धरान नगरपालिका– १२ को विजयपुर, सुनसरीमा जन्मेर हुर्किएका कवि यतिबेला भने अमेरिकाको फ्रेस्नो, टेक्सासमा रहेका छन्। कविले आफ्नै भनाइकाे प्रारम्भमा पनि खस्रा बालुवामा चिप्लेटी खेलेर हुर्केको जीवन बाँचेको मैले उत्कृष्ट भाव बुन्ने सामर्थ्य जुटाउन सकिनँ होला भन्दै क्षमासमेत मागेका छन् भने अर्कोतिर यो शब्दहरूको सँगालोले आउँदा पिंढीहरूलाई मेरो अनुभवको यात्रामा रुमल्लिने एक अवसर प्रदान गर्न सकाेस् भन्ने अभिप्राय हो भनेका छन्।

आप्रवासी जीवनमा अचम्मको अनुभव पाएको उल्लेख गर्दै विदेशी जीवन नेपालमा बसेर सोचेजस्तो सहज नभएको कटु सत्यलाई उजागर गरेका छन्।

माता धरणी पोखरेलको प्रमुख आतिथ्यतामा काठमाडौँमा भएको एक समारोहबीच वरिष्ठ कलाकार कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका तत्कालीन अध्यक्ष मोहन निरौला, वरिष्ठ कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, स्रष्टा पोखरेल र मिलापका सम्पादक कृष्ण भुसालले डा‍. पोखरेलको काव्य कृति ‘विलोल शब्द वल्लरी’ लोकार्पण गरेका थिए।

कृति लोकार्पणसँगै डा. विलोलका शब्द रचना रहेका ‘सहिदको रगतले होली खेल्न दिन्न’, ‘यो देशको माटोले तिमीलाई बोलाई राखेको छ’ दुई राष्ट्रिय भावका गीत र एक आधुनिक गीत ‘चिरा चिरा भो मुटु’को भिडियो प्रदर्शन गरिएको थियो।

टेलिफिल्म ‘टाढाको बस्ती’ तथा ‘चक्रव्युह’मा अभिनयसमेत गरेका डा. पोखरेलको कविता संग्रह ‘विलोल शब्द वल्लरी’मा ९२ कविता संगृहित छन्। १४८ पेजको यो कृतिलाई जेनीश इन्टरटेन्मेन्ट मिडिया प्रालिले प्रकाशन गरेको हो। यो कविता संग्रहले नेपाली साहित्य जगतमा एउटा इँटा थप्ने कार्य गरेको छ। यस कृतिकारलाई हार्दिक बधाई तथा आगामी सिर्जनाका लागि शुभकामना!

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?