जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा

जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफ समीकरण पूरा भएको छ।

शुक्रबार भएको दिनको एक मात्र खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको हो। योसँगै प्लेअफमा पुग्ने चार टिमको तय भयो।

यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाइसकेका थिए।

टियु मैदान कीर्तिपुरमा जनकपुर बोल्ट्सले दिएको १ सय ३३ रनको लक्ष्य लुम्बिनी लायन्सले ५ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि ड्यार्सी सर्टले ३० रन बनाउँदा कप्तान रोहित पौडेलले ३४ रन बनाए।

त्यस्तै, निरोसन डिकवेलाले १७ रन बनाएका थिए। उसका लागि थप दोहोरो स्कोरका रुपमा जेजे स्मिथले २१ रन बनाउँदा दिलिप नाथले १५ रन बनाएका थिए।

जनकपुरका लागि संगीथ कोरीले ३ विकेट लिँदा मयन यादवले २ र सञ्जय कृष्णमूर्तिले १ विकेट लिए पनि टिमको हार टार्न सकेनन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनायो। उसका लागि आसिफ शेखले २० रन बनाउँदा संगीथ कोरीले ४५ रनको अविजित इनिङ्स खेले। त्यस्तै, शुभ कंसकारले ११ रन बनाउँदा सञ्जय कृष्णमूर्तिले १४ रन बनाए।

उनीबाहेक मयन यादव २७ रनमा नटआउट रहे। लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले २-२ विकेट लिँदा जेजे स्मिथ र रुविन ट्रम्पलमेनले १-१ विकेट लिएका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?