- नेपाली कम्युनिष्ट पार्टीको धनगढीमा पहिलो एकता सन्देश सभामा जेनजीको प्रतिनिधित्व उनीहरुकै पार्टीले गरेको दावी प्रचण्डले गरे।
- सह संयोजक माधव नेपालले नेतामा देश बनाउने हुटहुटी नहुन्जेल देश बन्दैन भन्दै पार्टी एकीकरणमा जोड दिए।
- नेता भीम रावलले केपी ओलीलाई आलोचना गर्दै देशलाई समस्याबाट मुक्त गराउन कम्युनिष्टलाई बलियो बनाउन चुनाव जित्नुपर्ने बताएका छन्।
धनगढी – नेपाली कम्युनिष्ट पार्टीले सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो एकता सन्देश सभा सम्पन्न गरेको छ। पार्टी एकीकरण पछि धनगढीबाट पहिलो पटक शक्ति प्रदर्शन गरेको नेकपाले जेनजी आन्दोलन पछि पहिलो ठुलो सभा गरेको हो।
सभामा वोल्ने नेताहरुले जेनजीको प्रतिनिधित्व गर्ने पार्टी नेकपा मात्रै रहेको दावी गरे। उनीहरुले अबको निर्वाचनमा आफ्नो पार्टिलाई रोज्न आग्रह गरे।
जेनजीको प्रतिनिधित्व गर्ने पार्टी नेकपा होः प्रचण्ड
नेपाली कम्न्युष्ट पार्टीका संयोजक प्रचण्डले जेनजी समुहको प्रतिनिधित्व गर्ने पार्टी नेपाली कम्न्युष्ट पार्टी रहेको दावी गरेका छन। उनले जेनजीले उठाएका माग आफू र आफ्नो पार्टीले पहिले देखि नै उठाएको बताए।
प्रचण्डले भने – जेनजीका माग र हाम्रा माग एउटै हुन, ती माग हामीले पहिले देखि नै उठाईरहेका थियौ, अब जेनजीको पार्टी भनेको हाम्रो पार्टी हो।
उनले धेरै जेनजी युवाहरु आफ्नो पार्टीमा प्रवेश गरिसकेको बताउँदै अझै धेरै प्रवेश गर्ने क्रममा रहेको दावी गरे। जेनजी आन्दोलन पछिको सबैभन्दा ठुलो
प्रदर्शन धनगढीबाट भएको पनि प्रचण्डको भनाई छ।
केन्द्रबाट आर्थिक खर्च नगरेरै कार्यक्रम भब्य भएको प्रचण्डले बताए। संयोजक प्रचण्डले संघिय गणतन्त्र स्थापना पछि आफ्नो ध्यान सुदूरपश्चिमकै विकासमा रहेको बताए।
सुदूरपश्चिमको विकास, पछाडी परेका समुदायको विकास लगायतमा आफुले बढी जोड दिएको प्रचण्डको भनाई छ। हरेक परिबर्तनमा सुदूरपश्चिमको योगदान ठुलो रहेको बताउँदै प्रचण्डले अब नेकपा स्थापित गर्नमा पनि सुदूरपश्चिमको योगदान रहने बताए।
संयोजक प्रचण्डले एमालेतिर पनि त्यत्तिकै ध्यान रहेको बताए। उनले भने ( एमालेबाट पनि धेरै देशभक्त नेताहरु पनि नेपाली कम्न्युष्टमा आउने क्रम जारी छ।
नेतामा देश बनाउने हुटहुटी नहुन्जेल देश बन्दैनः माधब नेपाल
नेपाली कम्न्युष्ट पार्टीका सह संयोजक माधवकुमार नेपालले नेतामा देश बनाउने हुटहुटी नहुन्जेल देश नबन्ने बताएका छन। उनले त्यो हुटहुटी आफ्नो पार्टीको नेतामा रहेको बताए।
नेता नेपालले सुदूरपश्चिममा आज भएको सभाले देश बिदेशलाई तरंगित गरेको बताए। राजनितिमा दलालीकरण, ठेकेदारीकरण, भ्रष्टीकरणी प्रबृती अन्त्य गर्न नेपाली कम्न्युष्ट जन्मिएको बताए। उनले भने ( देश र जनताले भोगेको पीडा सबैभन्दा पहिले नेता र पार्टीले महशुस गर्नुपर्छ त्यो महशुस हामी गर्छौ गरेका छौ।
नेता नेपालले यश अघिको पार्टी एकीकरण र बिभाजनबाट शिक्षा लिएर अब त्यस्तो अबस्था नआउनेगरी एकीकरण गरिएको बताए। उनले जेनजी पुस्ताको आकर्षण पनि यसै पार्टीमा रहेको बताए। नेता नेपालले राम्रा कामको प्रचार गर्नुपर्न बताउँदै भने ( सामुहिक रुपमा सबै नेता एकै हुदैनन, हामी राम्रा हौ। अरुको कुरा नगरौ।
देश जलेको खरानी घसेर जनता तर्साउँदै छन ओलीः भीम रावल
नेपाली कम्न्युष्ट पार्टिका नेता भिम रावलले एमाले अध्यक्ष केपी ओली देश जलेको खरानी घसेर जनतालाई तर्साईरहेको बताएका छन। उनले देश जलाउने अवस्था केपी ओलीले नै पुर्याएको बताए।
धनगढीमा आयोजित सभामा नेता रावलले सिदान्त बिपरित एमाले र काँग्रेस बिच गठबन्धन सरकार बनेकाले देशमा यस्तो अबस्था आएको बताए। उनले केपी ओलीले नेपाली कम्न्युष्ट पार्टिलाई बृद्दहरुको कलव भनेको प्रति आपत्ति जनाउदै भने, ओली जी नेपाली कम्न्युष्टका संयोजक र सह संयोजक संग दौडन तयार हुनुहुन्छ प्रतिस्पर्धा गरौ। अनि को बृद्द थाहा हुन्छ। म संग त कुरै नगरौँ।’
नेता रावलले विगतका गल्तीबाट सिकेर यो देशलाई खरानी बनाउने गतिबिधिबाट मुक्ति दिलाउन चाहेको बताए। त्यसका लागि नेपाली कम्न्युष्ट पार्टिलाई बलियो बनाउन चुनावमा जिताउन नेता रावलले आग्रह गरे।
बर्तमान सरकारलाई आग्रह गर्दै नेता रावलले भने, यो सरकारको काम निर्वाचन गर्ने हो, त्यसैले दिर्घकालिन असर पर्ने काम नगर्न आग्रह गर्दछु। निर्वाचनको वातावरण बनाउन आग्रह छ, हाम्रो पार्टी निर्वाचनका लागि तयार छ। उनले निर्वाचनका लागि शान्ती सुरक्षाको वातावरण बनाउन आग्रह गरे।