काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोजेको छ।
पोखराले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्दै छ।
पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई हराएको थियो।
पोखराको कप्तानी कुशल भुर्तेलले गरिरहेका छन्। सुदूरपश्चिमको कप्तान दीपेन्द्र सिंह ऐरी छन्।
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको खेलमा पोखरा एभेन्जर्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ गर्ने निर्णय गरेको छ। पोखरा र सुदूरपश्चिम दुवैको यो जारी प्रतियोगितामा दोस्रो खेल हो।
यसअघि सुदूरपश्चिमले काठमान्डु गुर्खाजलाई २९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो। अर्कोतर्फ पोखरा भने पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो।
पोखरा प्रतियोगिताको पहिलो जितको खोजिमा रहँदा लगातार दोस्रो जित निकालेर सुदूरपश्चिम भने तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा छ।
सुदूरपश्चिम रोयल्सको प्लेइङ ११
दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, नरेन साउद, हेमन्त धामी, क्रिस लिन, जोश ब्राउन, स्कट कुग्लेइन, हर्मित सिंह
पोखरा एभेन्जर्सको प्लेइङ ११
कुशल भुर्तेल, दिनेश खरेल, सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अभिषेक तिवारी, एडम रोसिङटन, डान डौथवेइट, जिम्मी नीशम, सुमित वर्मा