बेमौसमे वर्षाले बाली भित्र्याउन नपाउँदा किसान चिन्तित

बेमौसमे वर्षाले बाली भित्र्याउन नपाउँदा किसान चिन्तित
+
-
देशसञ्चार AI सारांश
  • मुगुमा बेमौसमी वर्षाले असोजमा पाक्ने कोदो, धान र मार्से बाली भित्र्याउन किसानलाई कठिनाइ पुऱ्याएको छ।
  • किसान पर्बुजङ्ग शाहीले वर्षाले बाली कुहिन सक्ने चिन्ता व्यक्त गर्दै बाली भित्र्याउने काम रोक्न बाध्य भएको बताए।
  • जिल्ला कृषक दानबहादुर हितानले दुर्गम क्षेत्रका किसानलाई मौसम जानकारी नपुग्दा वर्षाको क्षति बढ्ने बताए।

मुगु– बाली भित्र्याउने समयमा लगातार पानी परेपछि मुगुका किसान चिन्तित भएका छन्। असोजमा पाक्ने कोदो, धान र मार्से बाली भित्र्याउने तयारीमा रहेका किसानलाई बेमौसमी वर्षाले समस्यामा पारेको हाे।

छायाँनाथ रारा नगरपालिका– ७ का किसान पर्बुजङ्ग शाहीले भने, “वर्षको एकपटक मात्र उत्पादन हुने धान, काेदोलगायत बाली यही बेला भित्र्याउने हो तर मंगलबारदेखि आजसम्म पटक ,पटक परेको पानीले बाली कुहिने डर लाग्न थालेको छ।” उनले बाली भित्र्याउने तयारीमा रहेका बेला वर्षालेले काम रोक्न बाध्य भएकाे बताए।

‘यस्तै पानी परिरह्यो भने कोदो कुहिने र सिमी पनि बिग्रिने डर छ,’ उनले चिन्ता व्यक्त गरे। बाली नष्ट भएपछि यहाँका धेरै परिवारलाई खाद्यान्न संकट पर्ने खतरा देखिएको उनी बताउँछन्।

छायाँनाथ रारा नगरपालिका– १ का कृषक दानबहादुर हितानले दुर्गम बस्तीका किसानलाई मौसमको जानकारी समयमै नपुग्दा वर्षाले हुने क्षति अझ बढी हुने गरेको बताए। उनले स्थानीय तह र कृषि कार्यालयले किसानलाई समयमै जानकारी दिने प्रणाली विकास गर्नुपर्नेमा जाेड दिए।

कोदो, धान र सिमी पाक्ने समयमा परेको पानीका कारण खेतमा ढलेका बाली कुहिन थालेकाे किसानले बताएका छन्। जिल्लाको ६५ हजार ९८० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३० हजार ४ सय हेक्टरमा धान खेती हुने गरेको छ। तर, ज्ञान केन्द्रका अनुसार जिल्लाको केवल ३० प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?