अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित
+
-
देशसञ्चार AI सारांश
  • नेपालले दोस्रो अभ्यास खेलमा कतारलाई १६ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गर्यो।
  • नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाउँदा ओपनर कुशल भुर्तेलले ५६ रनको योगदान दिए।
  • कतारका मुहम्मद तनभिरले ५१ रन बनाउँदा नेपालका करण केसीले ३ विकेट लिए।

आइसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अघिको अभ्यास खेलमा नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ। लगातार दोस्रो वार्म अप खेलमा जित निकाल्ने क्रममा नेपालले कतारलाई १६ रनले हरायो।

सोमबार बेलुका सम्पन्न खेलमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनायो। कतारका लागि मुहम्मद तनभिरले ५१ तथा कप्तान मिर्जा बेगले ४० रन बनाए। नेपालका करण केसीले ३ तथा नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १-१ विकेट लिए।

उनी बाहेक नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाउँदा कप्तान रोहित पौडेलले २५ रन बनाए। उनीबाहेक कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्ल १० रनमा अविजित रहे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले ३३ बलमा ५६ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३८ तथा कुशल मल्लले अविजित ३८ रन बनाए। कतारका मुनिर साद र इक्रमुल्लाह खानले २-२ विकेट लिँदा आरिफ उल्लाह र मुजीब उर रेहमानले १-१ विकेट लिए। यसअघि नेपालले पहिलो वार्म अप खेलमा ओमानलाई पराजित गरेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?