पाकिस्तानी खेलाडीलाई विदेशी टी-२० लिग खेल्न रोक

पाकिस्तानी खेलाडीलाई विदेशी टी-२० लिग खेल्न रोक
+
-
देशसञ्चार AI सारांश

  • पाकिस्तान क्रिकेट बोर्डले विदेशी टी-२० लिगमा खेलिरहेका खेलाडीहरूको ‘नो अब्जेक्सन लेटर’ निलम्बन गरेको छ।

  • एशिया कप फाइनलअघिको दिन यस निर्णयबारे खेलाडीहरू र एजेन्टहरूलाई सूचना जारी गरिएको थियो।

  • पाक खेलाडीहरू युएईको आईएलटी२० लिलामी र क्यानाडाको ग्लोबल टी-२० लिगमा सहभागी हुन नपाउने भएका छन्।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले विदेशी टी-२० लिगमा खेलिरहेका पाकिस्तानी खेलाडीहरूको ‘नो अब्जेक्सन लेटर’ (एनओसी) निलम्बन गरेको छ। बोर्डले यो निर्णय एशिया कप फाइनलको एक दिनपछि आएको हो।  तर यसको कारण सार्वजनिक गरिएको छैन।

क्रिकइन्फोका अनुसार, बोर्डका प्रमुख सञ्चालन अधिकृत सुमैर अहमद सैयदले २९ सेप्टेम्बरमा एक सूचना जारी गर्दै खेलाडीहरू र एजेन्टहरूलाई यो निर्णयबारे जानकारी दिएका थिए। सूचना अनुसार  पीसीबी प्रमुखको आदेशअनुसार लिग र अन्य विदेशी प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको सबै एनओसी अर्को आदेश नआएसम्मका लागि निलम्बन गरिएको हो।

त्यसको एकदिन अघि मात्रै एशिया कप फाइनलमा भारतले पाकिस्तानलाई हराएको थियो। २८ सेप्टेम्बरमा दुबईमा भारत र पाकिस्तानबीच फाइनल खेलिएको थियो। यसमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्‍यो। यो प्रतियोगितामा पाकिस्तानविरुद्ध भारतको लगातार तेस्रो जित हो। फाइनलमा भने पाकिस्तान राम्रो सुरुवातका बिच नाटकिय विकेट पतनको सिकार हुँदा बलियो लक्ष्य दिन असफल भएको थियो।

युएईमा आईएलटी२० लिलामी

१ अक्टोबरमा युएईमा हुने आईएल टी-२० लिलामीमा एनओसी निलम्बनका कारण पाकिस्तानका धेरै खेलाडीहरू प्रभावित हुने भएका छन्। यसमा बाबर आजम, शाहीन शाह अफरीदी, मोहम्मद रिजवान, फहीम अशरफ र शादाब खानजस्ता खेलाडी सामेल छन्। यी खेलाडीहरू यस वर्ष अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल १५) मा खेल्ने तयारीमा थिए।

यस्तै, हारिस रउफ सहितका खेलाडीहरू पनि आईएल टी२० जस्ता फ्रेन्चाइज लिगमा सहभागी हुन तयार थिए। तर, अब उनीहरूको सहभागिता अनिश्चित भएको छ। आईएल टी-२० को लिलामीका लागि १८ जना पाकिस्तानी खेलाडी शर्टलिस्टमा रहेका छन्।

ग्लोबल टी-२० लिगमा पनि रोक
पाकिस्तानी खेलाडीहरू क्यानाडाको प्रतिष्ठित ग्लोबल टी-२० लिगमा पनि अब सहभागी हुन पाउने छैनन्। पीसीबीले एक महिना अघि नै ग्लोबल टी-२० क्यानाडा लिगमा सहभागी हुने खेलाडीहरूको एनओसीमा रोक लगाएको थियो।

उस्मान वाहला सस्पेन्ड
यसअघि एशिया कपकै क्रममा पाक बोर्डले अर्को कडा कदम चालेको थियो। हात मिलाउने विवादपछि पीसीबीले टीम म्यानेजर उस्मान वाहलालाई निलम्बन गरेको थियो। पाकिस्तानी मिडिया रिपोर्टअनुसार, मोहसिन नकवी नेतृत्वको बोर्डले भारत-पाकिस्तान खेलमा हात मिलाउने विवादबारे समयमा आवश्यक कदम नचालेको भन्दै वाहलामाथि कारबाही गरेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?