देशसञ्चार चौतारीमा भाग-१०९

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

+
-

करिब चार दशकदेखि अमेरिकामा विश्वविद्यालयमा प्राध्यापन गरिरहेका डा. जनार्दन सुवेदी नेपालको राजनीति र समाजबारे गहिरो चासो राख्छन्। उनी बर्षेनि नेपाल आउँछन् र डाँडाकाँडा चहार्छन्।

नेपालमै अध्ययनका क्रममा १० महिना आफूले देश देख्ने मौका पाएको र त्यही घुमघामकै प्रेरणाले आफूलाई अमेरिका पुर्‍याएको उनी स्मरण गर्छन्।

त्यो बेला नेपालबाट अमेरिका पढ्न जान सजिलो नभएको उनले बताए। यद्यपि अमेरिकाबाट मानवशास्त्रमा पीएचडी सकेपछि उनले त्यहाँ नै पढाउन थाले।

त्रिभुवन विश्वविद्यालयमा पुरानो समयमा जुन खालको तालिम र शिक्षा दिइन्थ्यो, त्यो अहिले नभएको सुवेदीले बताए। नेपालमा बौद्धिक विकासको सम्भावना नै नभएको उनले बताए। ‘अहिलेको समयमा त्रिभुवन विश्वविद्यालयलाई हेर्दा त यो जिउँदो लाश बनेको छ,’ उनले भने।

नेपालमा रिसर्च बुझेको मानिस नै नभएको र विश्वविद्यालयमा हुने रिसर्च झारा टार्ने प्रकारको मात्र हुने उनले बताए। त्रिभुवन विश्वविद्यालयले शिक्षा र अनुसन्धानलाई प्राथमिकतामै नराखेको आरोप पनि उनले लगाए।

उनले नेपालमा राजनीति नै नभएको र यो माफियाक्रेसी भएको उनले बताए। यो राजनीति नै होइन यो त फगत माफियाक्रेसी हो उनले भने। नेपालका राजनीतिकर्मीहरुको उद्देश्य जसरी हुन्छ पैसा कमाउने भएको र उनीहरूसँग यसको कुनै सीमासमेत नरहेको उनले बताए।

नेपालका बौद्धिक वर्गहरू बोल्दै नबोल्ने लेख्दै नलेख्ने जसले बिस्तारै देश कमजोर भइरहेको उनले बताए। उनले व्यंग्यात्मक रूपमा नेपालका हरेक मानिसहरू बिक्रीका लागि रहेको बताए। हरेक मानिसको बेग्लै इन्ट्रेस्ट हुने र त्यहीबाट परिचालित हुने समस्या उनले औँल्याए।

अवकाशपछिको जीवन नेपाल र नेपालीहरूकै हितमा बिताउने र सकेसम्म धेरै लेख्ने पनि उनले बताए।

उनीसँगको विस्तृत अन्तर्वार्ता:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?