नेपालगञ्ज- गाडीबाटै लखनऊ पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन्।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पूर्वराजा ज्ञानेन्द्रलाई लखनउस्थित सरकारी निवासमा भेट गरेका हुन्।
भेटमा मुख्यमन्त्री योगीले पूर्वराजा ज्ञानेन्द्रलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै कुम्भ मेलाको लोगो उपहार दिएका छन्।
आज लखनऊ स्थित सरकारी आवास पर नेपाल के पूर्व नरेश श्री ज्ञानेंद्र वीर विक्रम शाह जी ने भेंट की, उन्हें अंग वस्त्र व कुम्भ का लोगो भेंट किया। pic.twitter.com/v8KPCMpatB
— Yogi Adityanath (@myogiadityanath) January 8, 2018
नेपालगञ्जबाट पत्नी कोमल, छोरी प्रेरणा, बहिनी–ज्वाईसहित गाडीबाटै लखनऊ पुगेका पूर्वराजा ज्ञानेन्द्रले धार्मिक शक्तिपीठको दर्शनका साथै उच्चस्तरीय राजनीतिक भेटघाट गरेका छन्।
नेपालमा हिन्दु राष्ट्र स्थापना लागि लबिङ गर्दै आएका उत्तरप्रदेशका मुख्यमन्त्री योगीसँग पूर्वराजाको धार्मिकका साथै राजनीतिक कुराकानी भएको निकट स्रोतले बतायो।
पुस १३ गते नेपालगञ्ज आएका पूर्वराजा ज्ञानेन्द्र चार दिने भ्रमणमा लखनऊ गएका हुन्। लखनऊ भ्रमण सकेपछि पुनः नेपालगञ्ज आएर केही दिन आराम गरेर काठमाडौं फर्किने नेपाल विद्वत परिषद्का केन्द्रीय उपाध्यक्ष दिपकबहादुर सिंहले जानकारी दिए।
नेपालगञ्ज बसाईका क्रममा पूर्वराजाले बर्दिया, धनगढी र दाङको भ्रमण गरेका थिए। लखनउबाट फर्केर सुर्खेत जाने कार्यक्रम रहेको निकट स्रोतले बताएका छन्।
यो पनी हेर्नुहोस्: