काठमाडौँ – जेन–जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा १५ जना मन्त्रीहरूले मन्त्रालयहरू सम्हालिरहेको अवस्थामा अहिले मन्त्रालयहरुमा पहिलेको जस्तो चहलपहल भने देखिएको छैन।
विभिन्न समयमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत विभिन्न पार्टीले सरकारको नेतृत्व गर्दा र मन्त्रीहरूको नियुक्ति गर्दा सिंहदरबारमा बधाई र शुभकामना दिनेहरुको भीड नै लाग्ने गर्दा थियो, अहिले भने अवस्था त्यस्तो देखिएको छैन।
मन्त्रीहरूले मन्त्रालय सम्हालेको दिनबाटै हप्ता दिनसम्म बधाई र शुभकामना दिनेहरुको भीड लाग्ने मन्त्रालयहरू अहिले सुनसानजस्तै देखिएका छन्।
पार्टीका कार्यकर्ता, नेता र आफन्तहरूको भीड लाग्ने सिंहदरबारमा सामान्य भेटघाट भन्दा पनि काम विशेषमा आउनेहरु देखिएका छन्।
युवा नेतृत्वमा गठित अहिलेको सरकारले काम गर्न आएको र जस्तै परिस्थितिमा पनि नतिजा निकाल्ने गरी काम गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन्।

तस्बिर: नेपाल फोटो लाइब्रेरी