‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रुपमा नखुले पनि युद्ध अन्त्य गर्ने ट्रम्पको चाहना

‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रुपमा नखुले पनि युद्ध अन्त्य गर्ने ट्रम्पको चाहना
+
-
देशसञ्चार AI सारांश
  • अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्ने तयारीमा रहेको भन्दै सहयोगी राष्ट्रहरूको समर्थन खोजिरहेका छन्।

  • ट्रम्पको भनाइअनुसार इरान शान्ति योजना स्वीकार गर्ने अवस्थामा पुगेको दाबी गरिए पनि इरानले वार्ता अस्वीकार गरेको छ।

  • स्ट्रेट अफ होर्मुज बन्द हुँदा विश्व अर्थतन्त्रमा असर परिरहेको र इन्धनको मूल्य बढ्ने सम्भावना छ।

इजरायल-अमेरिका र इरानबिचको युद्ध कति समय लम्बिन्छ भन्ने अनिश्चितताबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यको प्रयासमा रहेको रिपोर्ट सार्वजानिक भएको छ। युद्ध दोस्रो महिनामा प्रवेश गरिरहँदा राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीहरूलाई, स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा नखुले पनि अमेरिका इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न तयार रहेको बताएका समाचार बाहिरिएको हो।

ट्रम्पले २९ मार्चमा सार्वजनिक रूपमा दिएको भनाइसँग ठ्याक्कै विपरित हो, जहाँ उनले केही मिनेटमै स्ट्रेट अफ होर्मुज खुलाउन सकिने बताएका थिए। उनले इरान आफ्नो १५ बुँदे शान्ति योजनालाई स्वीकार गर्ने अवस्थामा पुगेको दाबी पनि गरेका थिए, जसमा उक्त समुद्रीमार्ग खोल्ने कुरा समावेश थियो।

अमेरिकी प्रशासनले क्षेत्रीय साझेदार र पाकिस्तानको सहयोगमा इरानसँग वार्ता भइरहेको बताए पनि इरानले भने त्यसलाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएको छ। इरानकाअनुसार केही सन्देश आदान-प्रदान मात्रै भए पनि औपचारिक वार्ता नभएको बताएको छ।

द वासिङ्टन पोस्टमा मंगलबार सार्वजानिक रिपोर्ट अनुसार, ट्रम्प र उनका सल्लाहकारहरूले उक्त रणनीतिक समुद्रीमार्ग जबर्जस्ती खोल्ने सैन्य अभियानले ४ देखि ६ हप्ताको अपेक्षित समयसीमा नाघेर युद्ध लम्बिने निष्कर्ष निकालेका छन्। त्यसैले अमेरिका इरानको नौसैनिक क्षमता र मिसाइल भण्डार कमजोर पार्ने रणनीतिमा केन्द्रित हुन चाहेको देखिन्छ।

रिपोर्टअनुसार अमेरिका युरोपेली र खाडी मुलुकका साझेदारहरूलाई उक्त मार्ग खोल्ने जिम्मेवारी बढी दिन दबाब दिन सक्छ। यद्यपि, सैन्य विकल्प पूर्ण रूपमा हटाइएको छैन, तर तत्काल प्राथमिकतामा नरहेको बताइएको छ।

तर, ट्रम्पले छिटो युद्ध अन्त्य गर्न खोजेको देखिए पनि उनका केही कदमहरू भने त्यससँग मेल खाँदैनन्। पछिल्लो सप्ताहन्तमा युएसएस ट्रिपोली र ३१औँ मरीन एक्स्पेडिसनरी युनिटलाई उक्त क्षेत्रमा पठाइएको छ। साथै, ८२ औँ एयरबम डिभिजनका केही इकाइलाई तयारी अवस्थामा राख्न निर्देशनसमेत दिएको छ। साथै थप १० हजार सैनिक पश्चिम एसियामा पठाउने विषयमा पनि विचार भइरहेको द वाल स्ट्रिट जोर्नलले जनाएको छ।

लामो समयसम्म स्ट्रेट अफ होर्मुज बन्द रहँदा विश्व अर्थतन्त्रमा थप असर पर्ने र इन्धनको मूल्य बढ्ने सम्भावना छ। अमेरिका मात्र होइन, उसका सहयोगी राष्ट्रहरू पनि यस मार्गबाट आउने ऊर्जा आपूर्ति घटेपछि दबाबमा छन्। मल (फर्टिलाइजर) र सेमिकन्डक्टर उत्पादनमा प्रयोग हुने हिलियम जस्ता स्रोतमा निर्भर उद्योगहरूमा अभाव देखिन थालेको छ। विज्ञहरूका अनुसार चाँडै सुरक्षित आवागमन पुनःस्थापना नभएमा तेहरानले विश्व व्यापारमा जोखिम कायम राख्नेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?