निजी क्षेत्रमा सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छः अध्यक्ष ढकाल

निजी क्षेत्रमा सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छः अध्यक्ष ढकाल
+
-
देशसञ्चार AI सारांश
  • अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकासका लागि सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा अपरिहार्य रहेको बताए।
  • निजी क्षेत्र सुरक्षाका लागि सरकारले ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोसन प्लान’ कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ।
  • उनले गुटबन्दी अन्त्य गरी सबै सदस्यहरूलाई एकतामा रहँदै भोट माग्न र व्यावसायिक विस्तारमा अग्रसर रहन आग्रह गरे।

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास र समृद्धिका लागि सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा अपरिहार्य रहेको बताएका छन् ।

महासंघको ६० औँ साधारण सभामा हुने निर्वाचनमा वस्तुगततर्फका कार्यकारिणी समिति सदस्यहरुको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ढकालले महासंघको आगामी नेतृत्व पनि सम्भव भएसम्म सर्वसम्मत रूपमा चयन हुनुपर्नेमा जोड दिए । अध्यक्ष ढकालले आफू पनि विगतमा सर्वसम्मत रूपमा विभिन्न पदहरूमा निर्वाचित भएको स्मरण गर्दै प्रदेशहरूमा पनि सर्वसम्मत नेतृत्वको लहर सुरु भइसकेको जानकारी दिए ।

आफ्नो कार्यकालका उपलब्धिहरूका बारेमा चर्चा गर्दै ढकालले ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोसन प्लान’ (निजी क्षेत्र सुरक्षा तथा प्रवद्र्धन योजना) लाई ठूलो सफलताका रूपमा लिए । उनकाअनुसार वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यस रणनीतिक योजनालाई कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।

महासंघको आगामी निर्वाचनका उम्मेदवारहरूलाई लक्षित गर्दै अध्यक्ष ढकालले अर्काको आलोचना गरेर भन्दा पनि आफ्नो एजेण्डा र क्षमता प्रश्तुत गरेर भोट माग्न सुझाव दिए । उनले नेतृत्वमा पुग्नका लागि इमान्दार प्रयास र पवित्र भावना हुनुपर्ने बताउँदै कर्म गरे फल स्वतः प्राप्त हुने विश्वास व्यक्त गरे । कुनै ठूलो व्यावसायिक पृष्ठभूमि नभए पनि आफ्नो कडा मेहनत र इमान्दारिताकै कारण आफू महासंघको नेतृत्वमा पुग्न सफल भएको उनको भनाइ थियो ।

उनले भने,‘एउटा प्रदेशमा सर्वसम्मत नेतृत्वको घोषणा हुन मात्र बाँकी छ, यो सकारात्मक सन्देश सबै प्रदेश र केन्द्रमा पनि पुग्नुपर्छ । हामी निजी क्षेत्रका मान्छेहरू एक भएर सर्वसम्मत रूपमा अगाडि बढ्नुपर्छ भन्ने अहिलेको मुख्य म्यासेज हो । निजी क्षेत्र भनेको केवल नाफा कमाउने समूह मात्र होइन, यो ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने, ८०-८१ प्रतिशत जीडीपीमा योगदान पुर्‍याउने र मुख्य राजश्व संकलनकर्ता पनि हो । अब शिक्षण संस्थाहरू जस्तै व्यावसायिक प्रतिष्ठानहरूलाई पनि सुरक्षित क्षेत्रका रूपमा हेरिनुपर्छ र सोही अनुसारको दृष्टिकोणमा परिवर्तन आउनुपर्छ ।’

अध्यक्ष ढकालले महासंघभित्रको गुटबन्दी अन्त्य गरी एकतावद्ध भएर अगाडि बढ्न सबै पदाधिकारी र सदस्यहरूलाई आग्रह समेत गरे । उनले आगामी दिनमा पनि निजी क्षेत्रका समस्याहरूको पैरवी र व्यावसायिक गतिविधि विस्तारमा महासंघ सधैं तत्पर रहने प्रतिवद्धता व्यक्त गरे ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?